औषधि खरिदमा अनियमिता नभएको भन्दै सेनाद्वारा विज्ञप्ती जारी
वि.सं.२०७७ असार ४ बिहीवार २२:५३
1.6K
shares
काठमाडौं: औषधि खरिद प्रकरणमा नेपाली सेनालाई विवाद तानेपछि सेनाले विज्ञप्ति जारी गर्दै अनियमिता नभएको जनाएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले एक विज्ञप्ति जारी गर्दै औषधि खरिद गर्दा नेपाली सेनाले अनियमिता नगरेको जनाएको हो ।
नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम रहेको अवस्थामा नेपाली सेनाले तिव्रताका साथ सबै तयारी पूरा गरेको र औषधिजन्य सामाग्रीहरु पनि खरिद गरेको जनाएका छन् । प्रवक्ता पाण्डेले सेनाले खरिद गरेका औषधिहरु अझै पनि खरिपाटी क्वारेन्टाइनमा प्रयोग भइरहेको पनि जनाएको छ ।
प्रवक्ता पाण्डेले औषधि मात्रै ३ लाख ८० हजार रुपैयाँको खरिद गरेको जानकारी दिए । डिपोमा १६ लाख रुपैयाँको औषधिजन्य सामाग्रीहरु स्टक रहेको पनि उनले जानकारी दिएका छन् । प्रवक्ता पाण्डेका अनुसार ३ लाख ८० हजारको औषधि खरिद गरिएको थियो । त्यसमा केही औषधिहरु खपत भएपनि अन्य औषधिहरु खरिपाटीमा प्रयोग भइरहेको बताएका छन् । त्यस्तै उनले डिपोमा १६ लाखभन्दा बढीको औषधिजन्य सामानहरु स्टक रहेको जानकारी समेत दिए ।
त्यस्तै ७३ लाख ९८ हजारबाट २३ लाख घटाएर हुने ५० लाख ९८ हजार रुपैयाँको औषधिजन्य सामाग्री, स्वास्थ्यकर्मीहरुले लगाउने पिपिई, स्यानिटाइजर, ट्रली लगायतका स्वास्थ्य सामाग्रीहरु खरिद गरेको प्रवक्ता पाण्डेले जानकारी दिएका छन् ।
वि.सं.२०७७ असार ४ बिहीवार २२:५३




















