सशस्त्र प्रहरी बल दार्चुलाको नवनिर्मित भवनको उद्घाटन
वि.सं.२०७७ असार ३ बुधवार २२:४८
1.8K
shares
काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले उद्घाटनको क्रममा भौगोलिक विकटताका बावजुद त्यस क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै कोरोना महामारी नियन्त्रणमा देशभर सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
उनले सो गुल्मलाई गणमा स्तरोन्नती गरिने योजना रहेको चर्चा गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षा लगायत विपद् प्रकोप पीडित नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वार कार्यमा दत्तचित्त भई सकृयताकासाथ कृयाशिल रहन निर्देशन दिएका छन् । उनले आगामी दिनहरुमा सीमा नाकाहरुमा थप बोर्डर आउट पोष्टहरु थप्दै लगिने कार्ययोजना रहेको उल्लेख गर्दै क्रमिक रुपमा स्थायी भवन समेत निर्माण गरिने बताए ।
गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक डम्मरबहादुर विष्टले निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे । करीव २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको १५ वटा कोठा रहेको सो भवनमा कार्यालय, भण्डार तथा तीन वटा व्यारेक समेत रहेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोहि जिल्लाको छाङ्गरुमा हालै स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छाङ्गरुको निरीक्षण समेत गरेका छन् ।
वि.सं.२०७७ असार ३ बुधवार २२:४८




















