YouTube Link

ला लिगामा रियल बेटिसमाथि सेभिल्लाको सहज जित

Facebook Link

एजेन्सीः कोरोना भाईरस महामारीका कारण तीन महिना अबरुद्ध बनेको ला लिगा सुचारु भएको छ । करिब तीन महिनापछि बिहिबार सुरु लिगको पहिलो खेलमा सेभिल्लाले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले रियल बेटिसमाथि सहज जित निकालेको छ । सेभिल्लाले रियल बेटिसमाथि २–० को जित निकालेको हो । लुकास ओक्याम्पोसले ५०औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२औं मिनेटमा फर्नान्डो रेज्सले सेभिल्लाका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे ।

ला लिगा कोरोनाको कहरपछि युरोपमा सुरु हुने दोस्रो शीर्ष डिभिजनको लिग फुटबल हो । जितसँगै तेस्रो स्थानको सेभिल्लाले ५० अंक जोडेको छ । उसले दोस्रो स्थानको रियल मड्रिडसँगको दुरी ६ अंकमा पुर्याएको छ । शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ । बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ । लिगमा शनिबार बार्सिलोना र आईतबार रियल मड्रिडले पहिलो पटक आ आफ्नो खेल खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...