कोपा ईटालियाको सेमिफाईनलमा आज युभेन्टस् र एसी मिलान भिड्दै
वि.सं.२०७७ जेठ ३० शुक्रवार १०:५७
1.6K
shares
एजेन्सीः कोरोना भाइरस महामारीका कारण अवरुद्ध भएको करिब तीन महिनापछि ईटालीमा आजबाट फुटबल शुरु हुँदैछ । आजबाट सुरु हुने कोपा ईटालियाको पहिलो खेलमा युभेन्टस् र एसी मिलानबीच प्रतिष्पर्धा हुनेछ ।
कोरोना महामारीका कारण प्रभावित बनेको कोपा ईटालियाको सेमिफाईनलको दोश्रो लेगका लागि आज यी दुई क्लब मैदानमा उत्रिदैछन् । यो खेल नेपाली समयानुसार राति ८ बजेबाट शुरु हुनेछ । कोपा ईटालिया अन्तर्गत यी दुईबिचको सेमिफाईनलको पहिलो ले गत फेब्रुअरी १३ मा भएको थियो जसमा यी दुईले १–१ गोलको बराबरी खेलेका थिए ।
कोपा ईटालियामा बाँकी रहेका कुनै पनि खेलमा एक्स्ट्रा टाईमको नियम लागु हुने छैन । यसको अर्थ निर्धारित समयमा पनि नतिजा नआए खेलको नतिजा सिधै पेनल्टी शुट आउटबाट गरिनेछ । कोपा ईटालियामा नापोली र ईन्टर मिलानबिचको सेमिफाईनलको दोश्रो लेग शनिबार हुनेछ । यी दुईबिचको पहिलो लेगमा नापोलीले ईन्टरमाथि १–० को जित निकालेको थियो । कोपा ईटालियाको फाईनल जुन १७ मा हुनेछ ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार १०:५७



















