बन्द खेलकुद मैदान यथावत् राख्ने सरकारको निर्णय
वि.सं.२०७७ जेठ ३० शुक्रवार १०:२९
1.6K
shares
काठमाडौं: मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले कोरोना भाईरसको संक्रमण फैलन नदिन समुहमा खेलिने खेलकुद सहित खेल मैदान बन्द राख्ने निर्णय गरेको हो । कडाउनलाई खुकुलो बनाउने निर्णय गरेको सरकारले विभिन्न ब्यापारिक तथा व्यवसायीक उद्योग सञ्चालन गर्न अनुमति दिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि बन्द रंगशालामा दर्शन बिहिन फुटबल सञ्चालन गर्ने तयारी गरेको थियो । सरकारले पछिल्लो निर्णयले सुरक्षाका सम्पूर्ण उपाय अपनाउदै स्थगित अवस्थामा रहेका बी र सी डिभिजन लिग फुटबल सञ्चालन गर्ने राखेपको तयारी प्रभावित बनेको छ ।
राष्ट्रिय खेलकुद परिषदले बन्द रंगशालामा पूर्ण शतर्कताका साथ लिग फुटबलका बाँकी खेल र क्रिकेटको अभ्यास सञ्चालन गर्ने तयारी गरेको थियो । राखेपले सानो समूहमा राष्ट्रिय क्रिकेट टिमको समेत प्रशिक्षण सुरु गर्ने योजना बनाएको थियो । तर सरकारले खेल मैदान बन्द राख्न निर्णय गरेसँगै राखेपलाई तत्काल समुहमा खेलिने खेलकुद सञ्चालन गर्न अफठ्यारो परेको छ ।
नेपालमा कोरोनाको संक्रमणको जोखिम बढेसँगै सरकारले सम्पूर्ण खेल गतिविधि सञ्चालनमा रोक लगाएको थियो । मन्त्रीपरिषद्को बिहिबारको निर्णयले झण्डै तीन महिनादेखि बन्द प्राय रहेको खेलकुद गतिविधि अघि बढाउन राखेपलाई समस्या पर्ने देखिएको छ ।
वि.सं.२०७७ जेठ ३० शुक्रवार १०:२९




















