YouTube Link

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार नाघ्यो, ९४० जना पुरुष र १०२ जना महिला

Facebook Link

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका २ जना संक्रमित देखिएका हुन् । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १ जना नवलपुरका बिरामी पोजेटिभ देखिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठकाडौंमा गरिएको परीक्षणमा ७७ जना पोजेटिभ देखिएका छन् । उनीहरुमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना दोलखाका २ जना, सोलुखुम्बुका १ जना छन् । सुर्खेतको क्षेत्रीय प्रयोगशालामा बझाङका १ जना, सुर्खेतका १३ जना दैलेखका ८ जना पोजेटिभ देखिएका छन् ।

गण्डकीको क्षेत्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना संक्रमित देखिएका छन् । तीनै जना स्याङजामा हुन् । सेती अस्पताल ३ जना पोजेटिभ देखिएका छन् । दार्चुलाका १ जना र कैलाली २ जना संक्रमित पाइएका हुन् । किटजन्य प्रयोगशाला हेटौंडामा १ जना संक्रमित देखिएका छन् । भेरी अस्पताल बर्दियाका ३ र बाँकेका १ जना गरी ४ जना संक्रमित भेटिएका छन् । यस्तै धुलिखेल अस्पतालमा १७ जना संक्रमित पाइएका छन् । यी सबै रौतहटका हुन् ।

यससँगै कूल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । यीमध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् । ५ जनाको मृत्यु भएको छ । बाँकी ‘एक्टिभ केस’को रुपमा उपचार गराइरहेका छन् । अहिलेसम्म भेटिएका संक्रमितहरुमध्ये पुरुषहरु ९ सय ४० जना र महिलाहरु १ सय २ जना छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...