YouTube Link

एशियन चेस महासंघको आयोजनामा जुनियर अनलाईन चेस च्याम्पियसिपमा नेपाल

Facebook Link

काठमाडौं: एशियन चेस महासंघको आयोजनामा भएको एशियन जुनियर एण्ड गर्ल्स अनलाईन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ । कोभिड-१९ ले बिश्वलाई अक्रान्त बनाईरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियासिल गर्दै मानसिक पिडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्धेश्यले बुधबार २७ मे देखि ४ जुन सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष तर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गर्ल्स तर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराएकी छिन् ।

प्रतियोगिता स्विस प्रणाली अन्तर्गत ९ चरणको हुने छ । ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बंगालादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरि ५ राष्ट्रले सहभागिता जनाउने छन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरि ६ जोनका छनोट चरणका खेल हुने छन् ।

प्रत्येक जोनमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरु फाईनल चरणका लागि छनोट हुने छन् । फाईनल चरण पनि स्विस प्रणालीमानै ९ चरणकै हुने आयोजकले जनाएको छ । छात्रा तर्फ शिर्ष तीन फाईनल चरणका लागि छनोट हुने छन् । खुला जुनियर शिर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाईनल चरण दुई मध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्ने खेलाडी जुनियर फाईनल चरणका लागि छनोट हुने छन् । फाईनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन् ।

नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समय अनुसार बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म हुने छ । प्रत्येक खेलाडीहरुले प्रतियोगिता सुरु हुनु अगावै अनलाईनमा दर्ता हुनु पर्ने छ । प्रतियोगिता सुरु भए पश्चात कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराईने छैन । खेलाडीहरुले प्रतिस्पर्धा समय सम्म अनलाईनमानै रहनु पर्ने छ । कुनै पनि खेलाडीहरुले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् ।

बिजेतालाई एशियन जुनियर (छात्रा) अनलाईन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शिर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कास्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शिर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै नेपाल चेस संघले बैकल्पिक खेलाडीहरुलाई अनलाईनल मार्फत हुने च्याम्पियनसिपलाई अध्यन गर्न र अनलाईन मार्फतनै जुनियर खेलाडीहरुलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ ईम्पावरमेन्ट सेमिनार पनि संचालन गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...