युनियन बर्लिनमाथि वायर्न म्युनिखको सहज जित, मेन्ज र कोलोनले खेले बराबरी
वि.सं.२०७७ जेठ ५ सोमवार ०९:०१
1.3K
shares
एजेन्सीः वायर्न म्युनिखले पुनः सूचारु भएको बुन्डेसलिगामा विजयी शुरुवात गरेको छ । युनियन बर्लिनको घरेलु मैदान स्ट्याडियोन एन डेर अल्टेन फ्रोस्टेरिमा भएको खेलमा वायर्न म्युनिखले युनियन बर्लिनमाथि २–० को जित निकालेको हो ।
खेलको शुरुबाट नै आक्रामक खेलेको वायर्नले १८औं मिनटमा थोमस मुलरको गोलबाट अग्रता बनाउन मौका थियो । तर उक्त गोल भर्चुअल असिस्टेन्ट रेफ्रि (भीएआर) ले अफसाईड दिएपछि अग्रताबाट वायर्न बञ्चित बनेको थियो । खेलको ४०औ मिनेटमा वायर्नका मिडफिल्डर गोरेत्जालाई युनियन बर्लिनका डिफेन्डर सुबोटिकले लडाएपछि पेनल्टी पाएको थियो । उक्त पेनल्टीबाट रोबर्ट लेवान्डोस्कीले वायर्नका लागि पहिलो अग्रतामा दिलाए ।
दोश्रो हाफमा वायर्नले खेलको ८१औं मिनटमा जोसुवा किमिचले कर्नर मार्फत प्रहार गरेको बल डिफेन्डर बेन्जामिन पाभार्डले हेड गर्दै गोलमा परिणत गरिदिए । बाँकी समयमा दुबै टिमबाट गोल भएन र वायर्नले खेल २–० ले आफ्नो पक्षा पार्यो । जितसँगै वायर्नले शिर्ष स्थानलाई केही मजबुत बनाएको छ । दोश्रो स्थानको डर्टमण्डभन्दा वायर्न अब ४ अंकले अघि भएको छ ।
यसैबीच आईतबार राती भएको पहिलो खेलमा मेन्ज र कोलोनले बराबरी खेल्दै अंक बाँढेका छन् । कोलोनको घरेलु मैदानमा भएको खेलको शुरुवाती चौथो मिनटमा मेन्जका पावलो निआखातीले डि बक्सभित्र फाउल गरेपछि कोलोनले पेनल्टीको मौका पाएको थियो । उक्त अवसरलाई मार्क उथले गोलमा परिणत गर्दै कोलोनलाई पहिलो अग्रता दिलाए ।
यसै गोलको मद्दतमा कोलोनले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । खेलको दोश्रो हाफ शुरु भएको ८औ मिनटमा कोलोनले अर्को गोल थप्दै मेन्जमाथिको अग्रता दोब्बर बनायो ।
शुरुवातदेखि नै सम्हालिएको प्रदर्शन गरेको मेन्जले खेलको ६१औं मिनटमा सब्स्टिट्युट खेलाडी आवनिईको गोलको मद्दतमा गोल भिन्नतालाई २–१ मा पुर्यायो । आवनिईका लागि लिभुपुलबाट मेन्जमा लोनमा आएपछिको पहिलो बुन्डेस लिगा गोल थियो । यसको ११ मिनटपछि नै जेरीमियाह सेन्ट जस्टको असिस्टमा कुन्डीले गोल गर्दै मेन्जलाई २–२ को अवस्थामा पुर्याए । बराबरीपछि एक एक अंक बाडेको कोलोन एक स्थानमाथि उक्लियो भने मेन्ज १५औं स्थानमा यथावत छ ।
वि.सं.२०७७ जेठ ५ सोमवार ०९:०१



















