नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
वि.सं.२०७७ जेठ ५ सोमवार ०९:२२
1.5K
shares
काठमाडौं: नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । संक्रमित मध्ये ३६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने २ जनाको ज्यान गएको छ ।
वि.सं.२०७७ जेठ ५ सोमवार ०९:२२



















