नेको इन्स्योरेन्सका कर्मचारीद्वारा खाद्यान्न सहयोग
वि.सं.२०७७ जेठ १ बिहीवार १५:०३
1.7K
shares
काठमाडौं: निर्जीवन बिमा बजारमा उच्च गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले २४ वर्ष अघि स्थापना भएको नेको इन्स्योरेन्स लिमिटेडले हाल कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि नेपाल सरकारले गरेको लकडाउनको कारण का.म.पा. २९ का केही व्यक्तिहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको खवर का.म.पा. २९ का वडा अध्यक्षबाट आएकोले कम्पनीका सम्पूर्ण कर्मचारीहरुको तलबबाट रकम कटृा गरी बिजय मेमोरियल स्कूल डिल्ली बजारमा उपस्थित भएका करिव तीन सय जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल) सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब आठ सय विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेका थिए । त्यसैगरी कम्पनीका उपत्यका भित्रका कर्मचारीहरुले सिफलमा करिव पाँच सय बालबालिका तथा मजदुरहरुलाई १० दिनको लागि आवश्यक खाद्यान्न वितरण गरेको छ ।
वि.सं.२०७७ जेठ १ बिहीवार १५:०३



















