कोरोनाको कारण इंग्ल्यान्डमा सम्पूर्ण खेल गतिविधि बन्द
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२६
1.4K
shares
एजेन्सीः कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डमा आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द भएको छ । इंग्ल्यान्ड सरकारले सोमबार जुन १ सम्मका लागि सम्पूर्ण खेल गतिविधि बन्द हुने जनाएको छ ।
सरकारले सार्वजनिक गरेको ५० पेजको दस्तावेजमा खेलकुद गतिविधि जुन १ सम्म नगर्न भनिएको छ । सरकारको पछिल्लो निर्णयसँगै प्रिमियर लिग जुन १ पछि सुचारु हुने सम्भावना बढेको छ ।
लिग सुचारुका लागि सोमबार क्लबहरुले छलफल गरेको छ । कोरोनाको कारण लिग गत मार्चबाट स्थगित गरिएको छ । इंग्ल्यान्डमा क्रिकेट भने जुलाई १ सम्मका लागि स्थगित गरिएको छ ।
वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२६



















