कतार विश्वकपलाई कोरोनाले असर पार्ने सम्भावनाः युईएफए
वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:४४
1.7K
shares
एजेन्सीः कोरोना भाईरस महामारीले विश्व फुटबल गतिविधिलाई पारेको अस्त ब्यस्तताका कारण अन्तराष्ट्रिय फुटबलको आगामी दुई देखि तिन वर्षको तालिकालाई असर पार्न सक्ने युईएफएका कार्यकारी समिति सदस्य लार्स क्रिस्टरले बताएका छन् ।
युरोपियन लिगका अध्यक्ष समेत रहेका लार्सले कोरोना महामारीका कारण रोक्किएका खेलहरुलाई पूर्ण रुपमा संचालन ल्याउनका लागि अहिले ‘पर्ख र हेर’ को निति अवलम्बन गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखेका छन् । उनले कोरोनाले युरोपसँगै विश्वका धेरै फुटबल खेल्ने राष्ट्रहरुलाई खेलमा मात्र नभई आर्थिक रुपमा पनि कमजोर बनाएको कारण पूर्ण रुपमा सबल हुन केही समय लाग्न सक्ने बताए ।
फुटबलका गतिविधिहरु ठप्प भईरहँदा कतारमा हुने सन् २०२२ को फिफा विश्वकप आयोजनामा समेत दख्खल पर्न सक्ने अनुमान लगाएका छन् । उनले विश्वकप फुटबल दुईवर्षको अवधि मात्र बाँकी रहेको अवस्थामा कस्तो असर पार्ला भन्ने जिज्ञासामा उनले कारोनाको संक्रमण अहिलेको जस्तै अवस्थामा रहिरहे कतार विश्वकपको तालिका लाई अवशय असर पार्ने तर्क ब्यक्त गरे ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले आफ्नो सबैभन्दा ठूलमा दुई प्रतियोगिताहरु च्याम्पियन्स् लिग र युरोपा लिग आयोजना गर्नतर्फ ध्यान केन्द्रित गरिरहेको छ । तर उक्त प्रतियोगिताहरु गर्न कतिको सम्भव छ छैन भन्ने विषयमा आगामी मे महिनाको अन्त्यतिर निर्णय लिने बताईएको छ ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार १०:४४



















