YouTube Link

एमालेद्वारा ४८ पृष्ठ लामो स्थानीय चुनावको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

Facebook Link

 

काठमाडौं: नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

 

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

 

नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ ।

 

यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ ।

 

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा आगामी निर्वाचनका लागि विशेषगरी १७ वटा प्रतिवद्धता अघि सारेको छ । जसमा गुणस्तरीय शिक्षासँगै निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, आधुनिक उर्जा: उज्यालो पालिका रहेका छन् ।

 

त्यसैगरी उन्नत कृषि: किसानको समृद्धि, सहज आवागमनको आधार: दिगो यातायात पूर्वाधार, एकीकृत वस्ती, योजनावद्ध सहरी विकास: विकसित पालिका, सुरक्षित आवास, औद्योगीकरण र आर्थिक वृद्धि: स्वदेशमै रोजगारी सम्मान र समृद्धि, उद्यामशीलता र रोजगारी: समृद्धिका लागि सहकारी, मौलिक कला र संस्कृति: पर्यटनबाट समृद्धि, सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा रहेका छन् ।

 

त्यस्तै समानताको महिला यात्रा: समाजवाद–उन्मुख राज्यको विशेषता, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका: अपाङ्गमैत्री सबै पालिका, जलवायु अनुकूलन र विपद् व्यवस्थापन: विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार: मेलमिलाप, न्याय र मानवअधिकार, संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय, संस्थागत सुदृढीकरण: योजनावद्ध विकासलाई आफ्नो घोषणापत्रमा प्रतिवद्धता जनाएको छ ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...