YouTube Link

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडको पूनरागमन जित

Facebook Link

 

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई ३-२ गोल अन्तरले पूनरागमन जित निकालेको छ ।

 

रियलले दुई गोलले पछि परेको अवस्थामा घरेलु टोली सेभियामाथि ३–२ को पूनरागमन जित निकालेको हो ।

 

रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे । घरेलु टोली सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे ।

 

खेलको २१औं मिनेटमा इभान राकिटिचले सिधै फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

२५औं मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि रियल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

 

पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफको ५०औं मिनेटमा रोड्रिगोज र खेलको ८२औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

 

बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा रियलका लागि कप्तान करिम बेन्जेमाले गोल गर्दै पूनरागमन जित दिलाए ।

 

जारी सिजनको ला लिगामा बेन्जेमाको यो २५औं गोल हो । २८ खेल खेलेका उनले ११ असिस्ट समेत दिएका छन् ।

 

जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ ।

 

रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ ।

 

रियलसँग पराजित भएको सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...