YouTube Link

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

Facebook Link

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी ५ हजार २५७ कैदीबन्दी अझै फरार रहेका छन् ।

 

कारागार व्यवस्थापन विभागका अधिकृत सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५४९ मध्ये मंगलबार साँझ (असोज २८ गते) सम्म ९ हजार २९२ कैदीबन्दी मात्र कारागार फर्केका छन् । कारागार र सुधारगृह गरी ३० हजार ६४१ कैदीबन्दी रहेकामा जेन-जी आन्दोलनको मौका पारेर १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । जसमा ९६४ जना सुधारगृह तर्फका हुन् ।

 

अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी सात हजार ७३५ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए । त्यस्तै कारागारमा २९ हजार २१९ जना रहेकामा १३ हजार ५८५ जना भागेका थिए । त्यसमध्ये सात हजार ३९४ जनामात्र फिर्ता आएका छन् ।  २८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए ।

 

कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भएको थियो । जसमा रामेछापमा ३, धादिङमा २ तथा नौबस्ता बाल सुधारका ५ जना हुन् । एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको विभागका अधिकृत जोशीले बताए ।

 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरे पनि अहिलेसम्म ठूलो मात्रामा अपराधीहरू समाजमा घुलमिल भएका छन् । अझै फरारमध्ये ४ हजार ६१८ जना नेपाली हुन् । त्यस्तै ५३५ जना भारतीय हुन् । उनीहरू अधिकांश भारतमै गइसकेकोसमेत दाबी गरिएको छ ।

 

यद्यपि कारागारले भने सीमामा कडाइ गरेका कारण अपराधीहरु धेरै भारत जान नसकेको बताएको छ । तर त्यतिबेला सीमामा को, कहाँबाट आएको भनेरमात्रब सामान्य प्रश्न सोधेर छाडिएको थियो । फरार अन्य विदेशमा १०४ जना हुन् । जसमा धेरैजसो चिनियाँ छन् ।

 

भागेकाहरु जघन्य अपराध, कर्तव्य, जवरजस्ती करणी, लागुऔषध लगायतका पनि रहेकाले जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ ।

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...