YouTube Link

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

Facebook Link

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय भोगिरहेका र आरोपमा हिरासतमा रहेका तथा सुधार गृहमा रहेका गरी ५ हजार २५७ कैदीबन्दी अझै फरार रहेका छन् ।

 

कारागार व्यवस्थापन विभागका अधिकृत सन्देशप्रसाद जोशीका अनुसार भागेका १४ हजार ५४९ मध्ये मंगलबार साँझ (असोज २८ गते) सम्म ९ हजार २९२ कैदीबन्दी मात्र कारागार फर्केका छन् । कारागार र सुधारगृह गरी ३० हजार ६४१ कैदीबन्दी रहेकामा जेन-जी आन्दोलनको मौका पारेर १४ हजार ५४९ कैदीबन्दी भागेका थिए । जसमा ९६४ जना सुधारगृह तर्फका हुन् ।

 

अहिलेसम्म फिर्ता आएका, सुरक्षाकर्मीले पक्राउ गरेकासमेत गरी सात हजार ७३५ जना हुन् । जसमा फिर्ता आउनेमा ३४१ जना सुधारगृह तर्फका हुन् । सुधार गृहमा रहेका १४ सय २२ जनामध्ये ९६४ जना भागेका थिए । त्यस्तै कारागारमा २९ हजार २१९ जना रहेकामा १३ हजार ५८५ जना भागेका थिए । त्यसमध्ये सात हजार ३९४ जनामात्र फिर्ता आएका छन् ।  २८ कारागार र ९ सुधार गृहबाट उनीहरु भागेका थिए ।

 

कारागारमा रहेका ५ र सुधारगृहतर्फ रहेका ५ गरी १० जनाको मृत्यु भएको थियो । जसमा रामेछापमा ३, धादिङमा २ तथा नौबस्ता बाल सुधारका ५ जना हुन् । एक जनाले आत्महत्या गरेकोसमेत गरी गरेर ११ जनाको मृत्यु भएको छ । आत्महत्या गर्ने सप्तरीका हुन् । उनले जेलबाट भागेपछि सप्तरीको जंगलमा गएर आत्महत्या गरेको पाइएको विभागका अधिकृत जोशीले बताए ।

 

कारागार व्यवस्थापन विभागले कारागारबाट भागेकाहरूलाई तत्काल फर्कन सूचना जारी गरे पनि अहिलेसम्म ठूलो मात्रामा अपराधीहरू समाजमा घुलमिल भएका छन् । अझै फरारमध्ये ४ हजार ६१८ जना नेपाली हुन् । त्यस्तै ५३५ जना भारतीय हुन् । उनीहरू अधिकांश भारतमै गइसकेकोसमेत दाबी गरिएको छ ।

 

यद्यपि कारागारले भने सीमामा कडाइ गरेका कारण अपराधीहरु धेरै भारत जान नसकेको बताएको छ । तर त्यतिबेला सीमामा को, कहाँबाट आएको भनेरमात्रब सामान्य प्रश्न सोधेर छाडिएको थियो । फरार अन्य विदेशमा १०४ जना हुन् । जसमा धेरैजसो चिनियाँ छन् ।

 

भागेकाहरु जघन्य अपराध, कर्तव्य, जवरजस्ती करणी, लागुऔषध लगायतका पनि रहेकाले जघन्य अपराधमा जेल सजाय काटिरहेका अपराधी जेलबाट भागेपछि फेरि अपराध कर्ममै पाइएकाले पनि उनीहरु बाहिर बस्दा समाजलाई खतरा कायमै रहेको छ ।

 

 




X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...