YouTube Link

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

Facebook Link
vision

 

भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा नबित्दै मुलुकको सत्ता पल्टाइदियो । चरम् भ्रष्टाचार र बेथितिले मुलुक आक्रान्त हुँदा आफ्नो भविष्य अन्यौल देखेर उकुस-मुकुसिएको जेन-जी पुस्ताको त्यो उकुस-मुकुस अन्ततः विष्फोट भयो र भ्रष्टाचार-बेथितिमा रमाइरहेकाहरुलाई नराम्रोसँग बढार्यो । जेन-जी पुस्ताको यो अदम्य साहस र उत्साह सलामयोग्य छ ।

 

जेन-जी पुस्ताको प्रदर्शनमा भएको घूसपैठले मुलुकलाई असहज र अकल्पनीय मोडमा पुर्याएको पक्कै हो । त्यसको विवरण आउँदै गर्ला । तर, सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिपूर्ति गर्न राष्ट्रलाई ठूलै भार पर्ने प्रष्टै छ । असहज र अकल्पनीय मोडमा पुगेको मुलुकलाई सम्हालेर सहजतातर्फ डोर्याउँदै जेन-जी पुस्ताको मागबमोजिम मुलुकको प्रथम महिला प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्कीको हातमा प्रथम महिला प्रधानमन्त्रीको चाबी सुम्पन राष्ट्रपति र नेपाली सेना, खासगरी प्रधानसेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको यतिबेला सबैले सह्राहना गरेका छन् ।

 

अब बेदाग छवि बनाएकी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा निर्वाचन सम्पन्न गरेर जननिर्वाचित प्रतिनिधिहरुलाई सत्ताको साँचो हस्तान्तरण गर्नुपर्ने मुख्य कार्यभार छ । निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको मनोबल उच्च पार्नैपर्छ । यतिमात्र होइन, जेन-जी पुस्ताको प्रदर्शनमा घूसपैठ गरेर गलत मनशायका साथ लुटपाटमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई उचित कारबाहीको दायरमा ल्याउने प्रयासमा प्रहरी लागिसकेको छ । विभिन्न सार्वजनिक भएका फोटो र भिडियोहरु पठाउन प्रहरीले सबैलाई आग्रह गरिसकेको अवस्था हो । यदि समाजमा त्यो प्रवृत्तिलाई त्यत्तिकै छाड्ने हो भने यो समस्याले विकाराल रुप लिने पक्का छ । उनीहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउनैपर्ने हुन्छ, जुन काम नेपाल प्रहरीको दायित्व नै हो ।

 

त्यसका लागि क्षतिग्रस्त भएका नेपाल प्रहरीलगायतका सुरक्षा निकायका संरचना पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । उनीहरुलाई चाहिने आवश्यक साधन-स्रोत हरसम्भव उपलब्ध गराउन सरकार क्रियाशील रहनुपर्छ, जसरी अहिले नागरिक समाज पनि अग्रसर भएको छ । जेन-जी प्रदर्शनका दौरान जेन-जी पुस्ता र प्रहरीबीच तिक्तता भयो होला । प्रहरीको काम अपराध-अनुसन्धानसँगै प्रदर्शनका बेला शान्ति-सुव्यवस्था कायम गरी भीड नियन्त्रण गर्नु पनि हो । भीडमा शान्ति-सुव्यवस्था कायम गर्दा र आदेशको पालक प्रहरीलाई आदेश दिने स्थानीय प्रशासन र तत्कालीन राजनीतिक नेतृत्वबाट गलत आदेश दिंदा तिक्तता देखियो र त्यो तिक्तताको आक्रोश प्रहरीका भौतिक संरचनामाथि समेत पोखियो । जेन-जी र प्रहरीतर्फ भएको क्षति दुःखद् छ । नेपाली सेना सडकमा आउनुअघि सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीबाट जुन संयम र धैर्यता देखाइयो, यदि त्यसो नभएको भए मुलुकले थप क्षति व्यहोर्नुपर्ने तथ्य पनि भुल्नु हुँदैन ।

 

मुलुक यतिबेला राष्ट्रपति, नेपाली सुरक्षा निकाय र जेन-जी पुस्ताबीचको सुझबुझ र समझदारीले नयाँ मोडतर्फ गएको छ । प्रदर्शनका दौरानमा भएका तिक्ततालाई बिर्सिएर अब नव निर्माणतर्फ अघि बढ्न प्रहरीको भूमिका र योगदान अहम् हुन्छ । एक घण्टा प्रहरीले ड्युटी गरेन भने समाज कतातर्फ डोहोरिन्छ भन्ने उदाहरण जलेका प्रहरी चौकी सरसफाई गरेर स्थानीयहरुले प्रहरीलाई स्वागत गरेका दृष्यहरु देखिन थालिसकेका छन् । प्रदर्शनका दौरान कर्तव्य पूरा गर्दा प्रहरी र प्रदर्शनकारी दुवै तर्फबाट केही कमी-कमजोरी भए होलान्, त्यसलाई अब हार्दिकतामा बदलेर नव निर्माणमा अग्रसर हुनु सबैभन्दा बुद्धिमानी हुनेछ । चाउचाउ र चिउराको भरमा दिनभर सडकमा खट्ने प्रहरी समाजको अभिन्न अंगमात्र होइन, देशभरि जनतामाझ देखिने प्रत्यक्ष सरकार पनि हो ।

 

तर, जेन-जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति सबैभन्दा बढी राजनीतिक दल र ब्युरोक्रेसीमा देखियो । राजनीतिक दल र ब्युरोक्रेसीमा पनि केही राम्रा व्यक्ति होलान्, तिनीहरुको संख्या नगन्य हुनसक्छ । जेन-जी पुस्तालाई आफ्नो भविष्यको चिन्ता गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सडकसम्म पुर्याउन भ्रष्टाचारमा लिप्त राजनीतिक नेता र कर्मचारी नै कारक हुन् भन्ने कुरा प्रदर्शनका क्रममा नेताहरुका कोठाभरि डढेका पैसा र बोराका बोरा सुनचाँदी, हिरामोतीले प्रष्ट पारेन र ? बजारमा अर्थतन्त्र तरल देखिनुको कारण पैसाजति नेताका घरभरि थुप्रिनु नै रहेछ । एयरपोर्टबाट बरामद भएको सुन सीधै प्रधानमन्त्रीको घरमा पुग्दो रहेछ ।

 

नयाँ सरकारले साँच्चै जेन-जी प्रदर्शनको उच्च सम्मान गर्ने हो भने भ्रष्ट नेता र कर्मचारीको सम्पत्ति छानवीन गरी त्यो सम्पत्तिलाई ध्वस्त भएका संरचना पुनःनिर्माणमा लगाउँदा बुद्धिमानी हुनेछ । साथै निजामती कर्मचारीमा रहेका दलगत संघ-संगठनले नयाँ सरकारलाई नयाँ सोचका साथ काम गर्न पक्कै दिँदैनन् । राजनीतिक नेतृत्वलाई भ्रष्ट बनाउन पनि उनीहरुकै हात छ । त्यसकारण एउटा राष्ट्रिय पेशागत संघबाहेक अरु दलगत संघ-संगठन खारेज गर्ने हिम्मत गरौं । यो अहिलेको परिस्थिति निर्माणमा भ्रष्ट निजामती कर्मचारी र उनीहरुका संघ-संगठन पक्कै पनि मुख्य दोषी हुन् ।

 

निर्वाचन गरेर जननिर्वाचित प्रतिनिधिलाई सत्ताको साँचो सुम्पने जिम्मेवारी पाएको वर्तमान सरकारले जेन-जीका माग पूरा गर्न भ्रष्टचार छानवीन र निवारणका लागि शक्तिशाली आयोग बनाउनुपर्ने अर्को मुख्य जिम्मेवारी हो भन्ने कुरा भुल्नै हुँदैन र यसमा चुक्ने छुट पनि छैन । मुलुकलाई नयाँ परिस्थितिमा अवतरण गराउन मुख्य भूमिका निर्वाह गर्ने नेपाली सेनाका प्रधानसेनापति (जो अहिले राष्ट्रिय हिरोका रुपमा चर्चित हुनुहुन्छ) अशोकराज सिग्देल, समन्वयकारी र संयम भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, जेन-जी पुस्तालगायतले खेलेको भूमिकाको अहिले प्रशंसा भइरहेकै छ ।

 

उहाँहरुको समन्वय, साथ र सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकी बेदाग प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री नियुक्त गरेर मुलुकलाई सहजतातर्फ जसरी डोर्याउनुभयो, इतिहासमा यो अंकित हुने नै छ । खरानी भएका संरचनाहरुको खरानी टकटक्याउँदै समुन्नत नव निर्माणको हामीसँग विकल्प छैन । इतिहासको यो मोडमा सबै संयम बनेर भ्रष्टाचारको निर्मम छानवीन गरी भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्तिलाई राष्ट्रियकरण गरेर त्यसैबाट पुनःनिर्माण गर्दै निर्वाचनको माहौल तयार गरौं र सम्पूर्ण राजनीतिक दलहरु नयाँ जनादेश लिएर आफूलाई सावित गर्न नचुकौं-जय जेन-जी पुस्ता !

(टिप्पणीकार वरिष्ठ पत्रकार हुनुहुन्छ ।)

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

वि.सं.२०८२ भदौ ३० सोमवार १३:०५

काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ...

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

शीतल निवासमा तीन नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८२ भदौ ३० सोमवार १२:४८

काठमाडौं: तीन नवनियुक्त मन्त्रीले आज शीतल निवासमा आयोजित समारोहमा पद...

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

सवारीचालक अनुमतिपत्रको छपाइ र वितरण अनिश्चितकालिन बन्द

वि.सं.२०८२ भदौ २९ आइतवार १७:३३

काठमाडौं: भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा...

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

३ हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार

वि.सं.२०८२ भदौ २९ आइतवार १७:१६

काठमाडौः यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनपछि सिर्जित...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने नेपाल सरकारको घोषणा

वि.सं.२०८२ भदौ २९ आइतवार १४:२८

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा र परिवारलाई...

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

जेनजी आन्दोलनले सार्वजानिक तथा निजी संरचना ध्वस्त

वि.सं.२०८२ भदौ २७ शुक्रवार १३:०७

काठमाडौं: भनिन्छ, कतिपय दशक केही नभई बित्छन् अनि कतिपय सातामै...