YouTube Link

नयाँ सरकार : राजनीति र ब्युरोक्रेसीमा भ्रष्टाचार, सेनाको भूमिका र प्रहरीको मनोबल

Facebook Link
vision

 

भ्रष्टाचार र बेथितिविरुद्ध जुरुक्क उठेको जेन-जी पुस्ताले २४ घण्टा नबित्दै मुलुकको सत्ता पल्टाइदियो । चरम् भ्रष्टाचार र बेथितिले मुलुक आक्रान्त हुँदा आफ्नो भविष्य अन्यौल देखेर उकुस-मुकुसिएको जेन-जी पुस्ताको त्यो उकुस-मुकुस अन्ततः विष्फोट भयो र भ्रष्टाचार-बेथितिमा रमाइरहेकाहरुलाई नराम्रोसँग बढार्यो । जेन-जी पुस्ताको यो अदम्य साहस र उत्साह सलामयोग्य छ ।

 

जेन-जी पुस्ताको प्रदर्शनमा भएको घूसपैठले मुलुकलाई असहज र अकल्पनीय मोडमा पुर्याएको पक्कै हो । त्यसको विवरण आउँदै गर्ला । तर, सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिपूर्ति गर्न राष्ट्रलाई ठूलै भार पर्ने प्रष्टै छ । असहज र अकल्पनीय मोडमा पुगेको मुलुकलाई सम्हालेर सहजतातर्फ डोर्याउँदै जेन-जी पुस्ताको मागबमोजिम मुलुकको प्रथम महिला प्रधानन्यायाधीश भइसकेकी सुशीला कार्कीको हातमा प्रथम महिला प्रधानमन्त्रीको चाबी सुम्पन राष्ट्रपति र नेपाली सेना, खासगरी प्रधानसेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको यतिबेला सबैले सह्राहना गरेका छन् ।

 

अब बेदाग छवि बनाएकी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा निर्वाचन सम्पन्न गरेर जननिर्वाचित प्रतिनिधिहरुलाई सत्ताको साँचो हस्तान्तरण गर्नुपर्ने मुख्य कार्यभार छ । निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको मनोबल उच्च पार्नैपर्छ । यतिमात्र होइन, जेन-जी पुस्ताको प्रदर्शनमा घूसपैठ गरेर गलत मनशायका साथ लुटपाटमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई उचित कारबाहीको दायरमा ल्याउने प्रयासमा प्रहरी लागिसकेको छ । विभिन्न सार्वजनिक भएका फोटो र भिडियोहरु पठाउन प्रहरीले सबैलाई आग्रह गरिसकेको अवस्था हो । यदि समाजमा त्यो प्रवृत्तिलाई त्यत्तिकै छाड्ने हो भने यो समस्याले विकाराल रुप लिने पक्का छ । उनीहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउनैपर्ने हुन्छ, जुन काम नेपाल प्रहरीको दायित्व नै हो ।

 

त्यसका लागि क्षतिग्रस्त भएका नेपाल प्रहरीलगायतका सुरक्षा निकायका संरचना पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । उनीहरुलाई चाहिने आवश्यक साधन-स्रोत हरसम्भव उपलब्ध गराउन सरकार क्रियाशील रहनुपर्छ, जसरी अहिले नागरिक समाज पनि अग्रसर भएको छ । जेन-जी प्रदर्शनका दौरान जेन-जी पुस्ता र प्रहरीबीच तिक्तता भयो होला । प्रहरीको काम अपराध-अनुसन्धानसँगै प्रदर्शनका बेला शान्ति-सुव्यवस्था कायम गरी भीड नियन्त्रण गर्नु पनि हो । भीडमा शान्ति-सुव्यवस्था कायम गर्दा र आदेशको पालक प्रहरीलाई आदेश दिने स्थानीय प्रशासन र तत्कालीन राजनीतिक नेतृत्वबाट गलत आदेश दिंदा तिक्तता देखियो र त्यो तिक्तताको आक्रोश प्रहरीका भौतिक संरचनामाथि समेत पोखियो । जेन-जी र प्रहरीतर्फ भएको क्षति दुःखद् छ । नेपाली सेना सडकमा आउनुअघि सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीबाट जुन संयम र धैर्यता देखाइयो, यदि त्यसो नभएको भए मुलुकले थप क्षति व्यहोर्नुपर्ने तथ्य पनि भुल्नु हुँदैन ।

 

मुलुक यतिबेला राष्ट्रपति, नेपाली सुरक्षा निकाय र जेन-जी पुस्ताबीचको सुझबुझ र समझदारीले नयाँ मोडतर्फ गएको छ । प्रदर्शनका दौरानमा भएका तिक्ततालाई बिर्सिएर अब नव निर्माणतर्फ अघि बढ्न प्रहरीको भूमिका र योगदान अहम् हुन्छ । एक घण्टा प्रहरीले ड्युटी गरेन भने समाज कतातर्फ डोहोरिन्छ भन्ने उदाहरण जलेका प्रहरी चौकी सरसफाई गरेर स्थानीयहरुले प्रहरीलाई स्वागत गरेका दृष्यहरु देखिन थालिसकेका छन् । प्रदर्शनका दौरान कर्तव्य पूरा गर्दा प्रहरी र प्रदर्शनकारी दुवै तर्फबाट केही कमी-कमजोरी भए होलान्, त्यसलाई अब हार्दिकतामा बदलेर नव निर्माणमा अग्रसर हुनु सबैभन्दा बुद्धिमानी हुनेछ । चाउचाउ र चिउराको भरमा दिनभर सडकमा खट्ने प्रहरी समाजको अभिन्न अंगमात्र होइन, देशभरि जनतामाझ देखिने प्रत्यक्ष सरकार पनि हो ।

 

तर, जेन-जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति सबैभन्दा बढी राजनीतिक दल र ब्युरोक्रेसीमा देखियो । राजनीतिक दल र ब्युरोक्रेसीमा पनि केही राम्रा व्यक्ति होलान्, तिनीहरुको संख्या नगन्य हुनसक्छ । जेन-जी पुस्तालाई आफ्नो भविष्यको चिन्ता गर्दै भ्रष्टाचार र बेथितिविरुद्ध सडकसम्म पुर्याउन भ्रष्टाचारमा लिप्त राजनीतिक नेता र कर्मचारी नै कारक हुन् भन्ने कुरा प्रदर्शनका क्रममा नेताहरुका कोठाभरि डढेका पैसा र बोराका बोरा सुनचाँदी, हिरामोतीले प्रष्ट पारेन र ? बजारमा अर्थतन्त्र तरल देखिनुको कारण पैसाजति नेताका घरभरि थुप्रिनु नै रहेछ । एयरपोर्टबाट बरामद भएको सुन सीधै प्रधानमन्त्रीको घरमा पुग्दो रहेछ ।

 

नयाँ सरकारले साँच्चै जेन-जी प्रदर्शनको उच्च सम्मान गर्ने हो भने भ्रष्ट नेता र कर्मचारीको सम्पत्ति छानवीन गरी त्यो सम्पत्तिलाई ध्वस्त भएका संरचना पुनःनिर्माणमा लगाउँदा बुद्धिमानी हुनेछ । साथै निजामती कर्मचारीमा रहेका दलगत संघ-संगठनले नयाँ सरकारलाई नयाँ सोचका साथ काम गर्न पक्कै दिँदैनन् । राजनीतिक नेतृत्वलाई भ्रष्ट बनाउन पनि उनीहरुकै हात छ । त्यसकारण एउटा राष्ट्रिय पेशागत संघबाहेक अरु दलगत संघ-संगठन खारेज गर्ने हिम्मत गरौं । यो अहिलेको परिस्थिति निर्माणमा भ्रष्ट निजामती कर्मचारी र उनीहरुका संघ-संगठन पक्कै पनि मुख्य दोषी हुन् ।

 

निर्वाचन गरेर जननिर्वाचित प्रतिनिधिलाई सत्ताको साँचो सुम्पने जिम्मेवारी पाएको वर्तमान सरकारले जेन-जीका माग पूरा गर्न भ्रष्टचार छानवीन र निवारणका लागि शक्तिशाली आयोग बनाउनुपर्ने अर्को मुख्य जिम्मेवारी हो भन्ने कुरा भुल्नै हुँदैन र यसमा चुक्ने छुट पनि छैन । मुलुकलाई नयाँ परिस्थितिमा अवतरण गराउन मुख्य भूमिका निर्वाह गर्ने नेपाली सेनाका प्रधानसेनापति (जो अहिले राष्ट्रिय हिरोका रुपमा चर्चित हुनुहुन्छ) अशोकराज सिग्देल, समन्वयकारी र संयम भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ, जेन-जी पुस्तालगायतले खेलेको भूमिकाको अहिले प्रशंसा भइरहेकै छ ।

 

उहाँहरुको समन्वय, साथ र सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकी बेदाग प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री नियुक्त गरेर मुलुकलाई सहजतातर्फ जसरी डोर्याउनुभयो, इतिहासमा यो अंकित हुने नै छ । खरानी भएका संरचनाहरुको खरानी टकटक्याउँदै समुन्नत नव निर्माणको हामीसँग विकल्प छैन । इतिहासको यो मोडमा सबै संयम बनेर भ्रष्टाचारको निर्मम छानवीन गरी भ्रष्टाचारबाट कमाएको अकुत सम्पत्तिलाई राष्ट्रियकरण गरेर त्यसैबाट पुनःनिर्माण गर्दै निर्वाचनको माहौल तयार गरौं र सम्पूर्ण राजनीतिक दलहरु नयाँ जनादेश लिएर आफूलाई सावित गर्न नचुकौं-जय जेन-जी पुस्ता !

(टिप्पणीकार वरिष्ठ पत्रकार हुनुहुन्छ ।)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...