YouTube Link

फलफुल खेतीबाटै नेपालको आर्थिक क्रान्ति

Facebook Link
vision

नेपाल कृषि प्रधान देश हो । कृषिमा आधुनिक विकास गर्न नसकेको एक पिछिडिएको देश हो । अन्य ब्यापार, ब्यासाय, उद्योग, कल कारखाना, पर्यटन, खानी, पानी, लगायत प्रशस्त स्रोत भएपनि अन्य मुलुकको दाँजोमा विकसित नभएको मान्न सकिन्छ । तर, कृषि प्रविधि, ज्ञान, शिक्षा, सिप आदिको हिसाबले भन्ने हो भने हाम्रो देश कृषि देश भन्न लाज हुन्छ ।

विश्व कहाँबाट कहाँ पुगिसकेका छन् । अन्य देशमा भने बिज्ञान प्रविधिको अश्चार्य चमत्कार असम्भवलाई सम्भव बनाई सकेका छन् । यहाँका कृषि प्रविधि, प्रणाली आदि अरु विश्वसँग तुलना गर्ने हो भने हामी पौराणिक युगमा छौ । कृषिमा विकास नै भएको छैन भन्दा फरक पर्दैन । हाम्रो हलो उही छ कोदालो उही छ अझै गोरु जोत्ने प्रविधि नै कायम छ, खन्ने जोत्ने, गोडमेल, बिउ बिरुवा, आदि सबै पुर्खकै पालाको छ । अन्य मुलुकहरुले त पत्याउनै नसकिने विकासका चमत्कार गरेका छन । तिनै विकसित देशले विकास गरेका प्रविधि, सिप, ज्ञान, बिज्ञान, मेसिन औजार, मल बिउ, किटनासक औषधि र सामान्य टेक्नोलोजीहरु समेत हाम्रो देश नेपाल भित्र्याउन नसकेको देख्दा कृषि प्रधान देश नेपाल भन्न समेत लाज लागेर आउँछ ।

नेपाल भौगोलिक तथा वातावरणीय हिसाबले विश्वकै अनुपम सुन्दर विविध हावापानी र छ वटा मौसम र ऋतुहरु भएको देश हो । यहाँ पृथ्वीका हरेक किसिमका रुख बोट विरुवा वनस्पती, जडिबुटी र फलफुलहरु पाइन्छ र आधुनिक पद्दतीबाट खोज अनुससन्धान गरि योजनाबद्ध तरिकाले विकास गर्न सके यो माटोमा के फल्दैन र ? यसको औद्योगिक विकास गर्न सके देशको आयात बढ्ने मात्रै हैन आर्थिक विकासमै कायपलट गर्न सकिन्छ । नेपालको हिमाल, पहाड र मधेसका भू-भागमा कुन फल फल्दैन र ? कुन फुल फुल्दैन र ? कुन बनस्पती र खेतीपाती नहोला तर हाम्रो देशमा बैज्ञनिक तरीकाले विकास गर्न नसक्दा आज हामीहरुलाई प्राय जसो मुलुकले छोडेर अघि बढिसकेका छन् ।

बिडम्बना यति सानो मुलुकमा कृषृका अनेकौ सम्भावनाहरु भएर पनि हामी गरिब छौ युवा सबै जसो घरपरिवार छोडेर बिदेशीन बाध्य छन् । युवा बिदेशिने र प्राकृतिक स्रोत सम्पदा त्यत्तिकै खेर जाने, जमिन बाँझै रहने, पसिना घाम तापेर सुक्ने, सरकार मुकदर्शक हुने, बिदेशी हाँस्ने, नेताहरु गफ हान्ने कार्यकर्ता ताली पड्काउने समाज कुरा काटेर बस्ने र कामको सुरुवाती कसैले नगरिदिने कन्तबिजोग अवस्था छ हाम्रो देश नेपाल ।

अब सरकारले सकारात्मक सोच, आत्मविश्वास बलियो, दुरदर्शिता, राम्रो मास्टर प्लान र प्रफेक्ट भिजन बनाई आफै लगानी गरेर अथवा निजी क्षेत्रलाई समेत साझेदार बनाएर फलफुल विकासमा नयाँ युगको सुरुवात गर्नु पर्दछ । दक्षिण एसियाका दुई अरब मानिसलाई मध्यनजरमा राखेर अत्याधुनिक फलफुल खेती औद्योगिकता तवरबाट चाँडै सुरु गरे सम्भावना धेरै बलियो र सम्भावना सत प्रतिशत जिवितै छ ।

अब हामीले ढिला गर्नै हुँदैन अब कस्ले कस्लाई कुर्ने ? यो जमानाको हामीहरु नै हो सुरुवात आजकै दिनबाट आफै सुरु गर्नुपर्दछ भन्ने दृढ संकल्प गरे असम्भव केही हुँदैन । स्वच्छ भावना सहित योजनाबद्ध तरिकाले अघि बढे फलफुल खेतीबाटै नेपालको आर्थिक क्रान्ती हुन्छ । तर, नयाँ प्रविधि नयाँ सोच नयाँ भिजन र अत्याधुनिक प्रविधि प्रयोग नगरे आसम्भव नै हुनेछ त्यसैले हामीहरुले पहिला आफ्नो मनभित्रैदेखि सोच बदल्न जरुरी छ ।

 

रामेछापका दुई गाँपालिका गोकुलगंगा र उमाकुण्ड एक उदाहरण

रामेछाप जिल्लाको उत्तरी भेग गोकुलगंगा र उमाकुण्ड गाउँपालिका नेपालको एक सुन्दर अनुपम ठाउँहरु हुन् यस पालिकामा मात्रै हाजारौ सम्भावनाहरु रहेको खोज अनुसन्धानबाट देखियो जसमध्ये हिमाली तथा पहाडी फलफुलको प्रचुर सम्भावना रहेको छ । यस ठाउँमा पनि अन्य ठाउँमा जस्तै प्रसस्त जमिन बाँझो छन्, यसको सही तरिकाले उपयोग गर्न सके जनता र राज्य दुबैले अथाह फाइदा लिन सक्ने सम्भावना अनुसन्धानबाट देखिएको छ । हजारौ मानिसले रोजगर पाउन सक्ने धेरै सम्भावनाहरु छन् त्यसैले स्थानीय सरकारले यी दुई गाउँपालिकामा आधुनिक फलफुल खेतीका निम्ति एउटा ठुलो रिसर्च केन्द्र स्थापना गर्न जरुरी देखिन्छ ।

यी दुई गाउँपालिकालाई हिमाली र पहाडी फलफुल अनुसन्धान केन्द्र बनाएर रामेछाप, ओखलढुङ्गा र दोलखामा ब्यवासायिक फलफुल खेती उत्पादन गरेमा रामेछाप, दोलखा र ओखलढुङ्गा जिल्लामा भएको प्रशस्त बाँझो जमिनको सदुपयोग गर्न फलफुल खेतीमा देशलाई नै आत्मनिर्भर बनाई निर्यात समेत गर्न, हजारौ लाखौ युवाशक्तिलाई उत्पादनमुलक रोजगारीमा सामेल गराउन र देशमा राजश्व बृद्धि लगाएत अन्य धेरै फाइदा लिन सकिन्छ जसले आर्थिक स्थितिमा कायापलट गर्न सक्दछ ।

यिनै तीन वटा जिल्लामा स्याउ, आरु, क्युवी, नासपाती, खुर्पानी, एभोकाडो, कटहर, केरा, स्टाबेरी, हलुवावेद, जुनार, सुन्तला, कागती, काँक्रा, वेल, आटी, निबुवा, भोगटे आदि सयौ थरिका फलफुल प्रसस्त मात्रमा हुन्छन । हामीलाई थाहै छ, स्याउ मात्रै ३५ प्रजातिभन्दा धेरै छन् मधेसमा समेत स्याउ फलाउन सकिन्छ यही माटो हावापानी अनुसार यो देशमा नहुने कुनै खेती छैन होला तर खोज अनुसन्धान नगरी सबै कुरा असम्भव नै लाग्न सक्छ ।

गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई केन्द्रमा राखेर अनुसन्धान गरे यि तिनवटै जिल्लामा भब्य रुपमा फलफुल उत्पादन गर्न सजिलो हुने छ र यि तीन वटा जिल्लामा फलफुल उत्पादनको एसियाकै हब बन्न सक्दछ । यि त उदाहरण मात्रै हुन यस्तो कार्यक्रम तथा उत्पादन अन्य जिल्लामा पनि गर्न अवश्य सकिन्छ तर हचुवाको भरमा हैन रिसर्च बेसमा आधुनिक तवरबाट औद्योगीक उत्पादन हुन जरुरी छ ।

एक किलो माटो गमलामा राखेर शुद्ध मल हालेर एक बर्ष बिभिन्न प्लान्ट वा सब्जी रोपेर हेर्नुस एक स्क्वायर मिटर माटोमा एक वर्षमा विभिन्न प्लान्ट लगाएर रिसर्च गर्नुस् अनि अनुमान लगाउन सकिन्छ यसका फाईदाले हाम्रा यत्रो जमिन बाँझो बस्दा देशलाई कति बेफाइदा हुन्छ ? अनि मात्र हाम्रो मानसपटलमा प्रश्न उठ्छ हामीमा कुनै सोच छ त भन्ने । विश्वले हाइड्रोपोनिक पद्दतिको विकास, एसी प्रयोग गरेर हिमालमा फलफुल र तरकारी उत्पादन, एक हप्तामा घाँस, कौसी बारी, पानीमाथि खेती, मरुभुमिमा आधुनिक कृषि एउटै रुखमा ४२ प्रकारका फल फलाई सकेका छन् यस्ता अन्य प्रविधिहरुको ब्यख्या गर्न विभिन्न अखबारहरुमा आसम्भव छ ।

 

सम्भावनाका कारणहरु

– हामीसँग अथाह बाँझो र मलिला खाली जमिन छन् जस्लाई हामी फलफुल खेतीमा उपयोग गर्न सजिलै सक्छौ । यो सित्तैमा पाइन्छ ।

– हाम्रो जनशक्ती बेरोजगार छन, सस्तोमा श्रम किन्न पाइन्छ ।

– हामीहरुले अनुसन्धान, आविष्कार, इनोभेसन, डिजाइन, अनेकौ प्राविधिक ज्ञान सिप आदिका लागि अरबौ खर्च गर्नुपदैन । अन्वेषण, अनुसन्धान, उच्च प्रविधिको विकास अदिमा ठुलो धन राशी, लामो समय र बौद्धिक म्यानपावर धेरै लाग्छ तर नेपालले यो पनि गर्नुपर्दैन ।

– किनभने अन्य विकसित देशका बैज्ञानिकले विकास गरेका ज्ञान, बिज्ञान, प्रविधि, आईडिया, सिप आदि र मेशिन, औजार, बिउ, मल, औषधी आदि निर्यात गरे मात्रै पुग्छ । यस्ता कुराको निर्यात गर्न कुनै देशले प्रतिबन्ध लागाएका छैनन् बरु सरकारी तवरबाट पहल गर्दा उनीहरुले सहयोग गर्दछन् । यस्ता कुराको आयातमा सरकारले सँधै सकेको समार्थ्य प्रयोग गरेर सिप ज्ञन प्रविधि भित्र्याउनु पर्दछ ।

– सरकारले लागानीका लागी खरबौ पैसा जम्मा गर्नु पर्दैन पुँजी बोकेर अवसर खोजी बसेका नेपाली लाखौ छन एन.आर.एनएहरु. लगायत बिदेशी समेत तयार छन् । यसका लागि भन्दै छन् पुँजी कहाँ लगानी गरौ ?

– हावापानी, मौसम, ऋतु आदीले हामीहरुलाई साथ दिएर बसेका छन । नेपाल कन्ट्री अफ रिभर हो यहाँ छ वटा ऋतुहरु छन् । अनेकौ थरिका माटो, अनेकौ थरिका हावापानी र भौगोलिक विविधता भएको देश नेपाल हो । त्यसैले यहाँ कृषिका कुन उत्पादन असम्भव छ र ?

– दक्षिण एसियामा मात्रै दुई अरब वरपरको जनसंख्याको बजार नजिकै छ र अन्य मुलुक पनि हाम्रा बजार हुन भन्ने बुझ्नुपर्दछ । उत्पादन मात्रै गरे पुग्छ प्रतिष्पर्धी मुल्यमा बजार त पैसा बोकेर बारीमै ब्यापारीहरु आइपुग्छन ।

– स्थायी सरकार छ । बहुमतको सरकार छ । जस्तोसुकै नितिनियम बनाउन र परिर्वतन गर्न सक्दछन ।

– राज्य संयन्त्र पुन: व्यवस्थित हुँदै छन् । राज्य पुर्नसंरचित भै तीनै तहमा सक्रिय प्रशासन तम्तयार हालतमा छन् ।

 

नेपालले गर्नै पर्ने यी कामहरु

– इच्छा शक्ति बलियो बनाउनुपर्छ

– मास्टर प्लान बनाउनुपर्छ । योजना बनाई कार्यन्वयन गरिहल्नु पर्छ ।

– उत्पादनमा सरकार, निजी क्षेत्र र बिदेशी लगानी एकत्रित गरेर मिसनमा भिजन सहित लाग्नुपर्छ ।

– निति नियम उत्पादन मैत्रीलगानी मैत्री सहयोगी र पारदर्शी बनाउनुपर्छ । कानुन खुकुलो हनुपर्दछ । कठिन र भन्झटिला कानुन भए निजी र बिदेशीले लागानी गर्दैनन ।

– जवाफदेही, जिम्मेवार लगनशिल र पारदर्शी सरकार हुनुपर्छ ।

– जनताको बिश्वास सरकारलाई र सरकारको बिश्वस जनतालाई हुनुपर्दछ ।

– सरकारी सेवा सुबिधा छिटो छरितो र स्पष्ट नीति र नियममा हुनुपर्दछ ।

– भ्रष्ट नेता र कर्मचारितन्त्र हुनुहुँदैन ।

– बिदेशिको मुख ताक्नु हुँदैन अरुको भर पर्नै हुन्न ।

– अनुसन्धान, बिश्लेषण, अन्वेसन, इनोभेषण र प्रविधिको विकास गर्नुपर्छ । नत्र बजारमा प्रतिष्पर्धा गर्न सकिन्न ।

– उत्पादन औद्योगिक हुनुपर्दछ, लाखौ लाख रोपनी जमिनहरुमा एकै किसिमका माक्स प्रोडक्सन गर्नुपर्दछ जस्ले सस्तोमा फलफुल उत्पादन गर्न सकियोस ।

– अरुले हैन गर्ने मैले हो भन्ने भावना सरकार र जनता सबैमा बिकास हुन जरुरी छ ।

– नेपाली इन्टेलिजेन्टलाई निति नियम र योजना बनाउन खुल्ला ठाउँ र खुल्ला अवसर आर्थिक प्याकेज सहित सधै हुनुपर्दछ ।

– सम्पुर्ण बैकिङ्ग संस्थालाई कम्तिमा १० प्रतिशत फलफुलमा लगानी र ३० प्रतिशत उत्पादन क्षेत्रमा अनिवार्य लगानी गर्नैपर्ने नियम बनाउनुपर्छ ।

– सरकारले बिमाको जिम्मा र लगानीको जोखिममा सहयोग गर्नुपर्दछ ।

हिमालको काखमा झपक्क फलफुलको फुलहरु फुल्दा फलहरु फल्दा यो देश कस्तो देखिएला पर्यटन कति आउला ? यस्तो हुन्छ दिवा सपना भनेको । लाखौ बिगाहमा खरबौको फलफुल उत्पादन गर्न सकिन्छ भने यस्ले पक्कै आर्थिक क्रान्ती हुन्छ हुन्छ ।।

 

(लेखक, मास्टर प्लानर तथा कन्सेप्ट डेभलपर)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...