Texas College
YouTube Link

इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीद्वारा इजरायललाई समाप्त पार्ने चेतावनी

Facebook Link

एजेन्सी: इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् । तेहरानमा आयोजित एक इस्लामिक कन्फ्रेन्समा खमेनीले सो कुरा बताएका हुन् । उनले इजरायलको बर्बादी यहुदीहरुको बर्बादी नभएको पनि बताएका छन् ।

एक देशको रुपमा इजरायललाई नष्ट गर्नु भनेको यहुदीलाई नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेष्टाइनी, चाहे त्यो मुसलमान होस्, ईसाई या यहुदी होस्, उनीहरुले आफ्नो सरकार रोज्नुपर्छ उनले भनेका छन् । सन् १९७९ मा इरानको क्रान्तिपछि कट्टरपन्थीहरु सत्तामा आएका थिए । त्यही बेलादेखि नै इरानी नेताहरुले इजरायललाई समाप्त पारिदिने कुरा गर्दै आएका छन् । इजरायलले मुसलमानहरुको जमिनमा अवैध रुपमा कब्जा जमाएको आरोप इरानले लगाउँदै आएको छ । इजरायलले पनि इरानलाई खतराको रुपमा लिन्छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहुने बताउँछ ।

मध्यपूर्वमा इरानको बढ्दो प्रभावबाट इजरायलका नेताहरुको चिन्ता बढ्दै गएको छ । इरानका सर्वोच्च नेता खमेनीले अमेरिकासहित पश्चिमा राष्ट्रहरुले इजरायलको परमाणु कार्यक्रमलाई रोक्न खोजेको भन्दै आलोचना पनि गरेको छ । अमेरिकाले इरानले बम बनाउनका लागि वर्षौंदेखि काम गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसैले अमेरिकाले इरानमा धेरै प्रकारका प्रतिबन्धहरु लगाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...