YouTube Link

रेशम र नागरिकता विधेयकविरुद्ध नश्लीय पराकाष्ठा

Facebook Link
vision

नागरिकता विधेयक पास हुनु भनेको लाखौं लाख भारतीयले नागरिकता पाउनु हो र एक न एकदिन हामी हाम्रै देशमा अल्पमतमा पर्छौं भन्ने खस शासकवर्गको आम मान्यता रहेको कारणले नागरिकता विधेयक नाटकीय ढंगले पास गरेर सर्वोच्च अदालतबाट पुनश्च रोकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसर पारेर हतार हतारमा नागरिकता विधेयक दुबै सदनबाट पास भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएर पास गरिएको हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको मौका पारि सभामुख अग्नि सापकोटा र अर्को तर्फ राष्ट्रपति विद्यादेवी भण्डारीको प्रिन्टेड पुरानो प्रमाणीकरण फारम प्रयोग गरी तल हातले रामचन्द्र पौडेल, राष्ट्रपति लेखेर सही गरी हतारमा प्रमाणीकरण गरिएको देखिन्छ । हुन त, खस शासक वर्गको बदनियतीले यसलाई प्रक्रियागत त्रुटि भनेर अदालत पुगेका छन् ।

सार्वजनिक रुपमा नागरिकताको पक्षमा प्रतिपक्षमा भएका एमाले अध्यक्ष केपी शर्मा ओली पनि बडो मार्मिक ढंगले बोलेका छन् । हाम्रो सरकार भयो भने १५ दिनभित्र सरोकारवालालाई नागरिकता उपलब्ध गराउँछौं । नागरिकताको नाममा सरकार हत्याउने इच्छा राख्ने केपी शर्मा ओलीको दुई तिहाई सरकारले एउटा माखो मार्न सकेन, उल्टै नागरिकता विधेयकलाई संविधान उल्लंघन गरेर भए पनि तुहाएको प्रमाण त जन मानसमा ताजै छ ।

यो नागरिकता जन्मसिद्धको सन्तान जो नागरिकता बिना केही गर्न नसकेर वर्षोंदेखि अपाङ्ग भएर बसेका छन्, मृततुल्य जीवन लिएर बाँची रहेका छन् तिनका लागि नागरिकता दिने कानून बन्न लागेको हो । जन्मसिद्धको सन्तानलाई कानूनन दिनै पर्ने नागरिकतालाई खस शासकवर्गले राजनीति गर्ने मुख्य एजेण्डा बनाएको छ । नागरिकता कानूनप्रति खस शासकवर्ग कति जिम्मेवार छ भने नागकिताबाट कोही नेपाली बञ्चित हुन नपरोस् भनेर बिहान बेलुका स्तुतिगानमा लागि रहन्छ । यो त मुखमा राम, बगलीमा छुरा राख्ने काम भयो ।

बरु नागरिकता सम्बन्धमा राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीको स्पष्ट धारणा के छ भने जन्मसिद्धको सन्तानलाई नागरिकता दिनै हुन्न । नेपालमा यसैपनि एक करोड भारतीयले नेपाली नागरिकता लिई सकेको छ । नेपाललाई सिक्किमीकरण गर्ने भारतको चालमा हाम्रो सरकार मतियार बनेका छन् । यसलाई जसरी पनि रोक्नु पर्छ । कोही बोलेर र कोही मौन भएर नागरिकता विधेयकको विरोधमा लागेका छन् ।

सार्वजनिक रुपमा नागरिकताको पक्षमा प्रतिपक्षमा भएका एमाले अध्यक्ष केपी शर्मा ओली पनि बडो मार्मिक ढंगले बोलेका छन् । हाम्रो सरकार भयो भने १५ दिनभित्र सरोकारवालालाई नागरिकता उपलब्ध गराउँछौं । नागरिकताको नाममा सरकार हत्याउने इच्छा राख्ने केपी शर्मा ओलीको दुई तिहाई सरकारले एउटा माखो मार्न सकेन, उल्टै नागरिकता विधेयकलाई संविधान उल्लंघन गरेर भए पनि तुहाएको प्रमाण त जन मानसमा ताजै छ ।

राणा शासनकालमा “मुखे कानून” भन्ने चलन व्यापक रुपमा थियो । त्यो चलन कुनै न कुनै रुपमा अहिले पनि विद्यमान छ । कार्यपालिका र व्यवस्थापिकालाई निष्क्रिय बनाएर राख्ने न्यायपालिकाको अभ्यास केही वर्ष यता निकै सक्रिय रहेको देखिन्छ । जन सरोकारसंग जोडिएको नागरिकतालाई सर्वोच्चले पनि बक्र दृष्टि राखेर हेर्ने गरेको कतिपय उदाहरणहरु देख्न सकिन्छ । तीनवटै शीर्ष पार्टीको बदनियतको शिकार निरीह नागरिकता विधेयक फेरि पनि रोकिंदा भेदभावको ठूलो उदाहरण जन समक्ष आएको छ ।

नेपालको ४९ वटा जिल्लामा बाँडिएको जन्मसिद्धको नागरिकता जम्मा १ लाख ९० हजार ७२६ हो । जसमध्ये सप्तरीमा ५ हजार ७९४, सिरहामा ५ हजार ३४६, धनुषा १३ हजार ८०१, महोत्तरी ६ हजार ५९८, सर्लाही ११ हजार ८९७, रौतहट ४ हजार ३५२, बारा ११ हजार १४४, पर्सा १५ हजार ०१७ गरि ८ जिल्लामा ७३ हजार ९४९ जनालाई जन्मसिद्धको नागरिकता दिईएको हो । जबकि झापामा २६ हजार ४३०, मोरङमा २२ हजार ७४३ र सुन्सरीमा २१ हजार ५६७ गरि ३ जिल्लामा ७० हजार ७४० जना जन्मसिद्धले नागरिकता लिएका हुन् ।

मधेशलाई टारगेट गरेर रोकिने नागरिकताबाट पहाड नै सवभन्दा बढि पीडित देखिएका छन् । १ लाख ९० हजार ७२६ बाट मधेशको नागरिकता झिकी दिने हो भने पहाडका १ लाख १६ हजार ७७७ जना जन्मसिद्धका सन्तान नागरिकताबाट बञ्चित रहेको देखिन्छ । तर नागरिकताको टारगेट चाहिं मधेश नै हो ।

समथर क्षेत्रको जनसंख्या पहाडभन्दा बढि हुन गएको भयले ग्रसित खस शासकहरु बढि चिन्तित देखिन्छ । अल्प संख्यामा परेर राज्यसत्ता खोसिने भयले पीडित खस शासकहरु संविधान मिचेर भएपनि मधेशलाई नियन्त्रणमा राख्न खोजेको हो । मधेशको जनसंख्या बढ्दै जानु स्वाभाविक प्रक्रिया हो । यसलाई कसैले रोक्न सक्दैन । मधेशको जनसंख्या बढ्नु भारतीयले नागरिकता लिएको मान्यता राख्ने खस बुद्धिजीविको बौद्धिक दिवालियापनको कुनै ईलाज छैन ।

मधेश र थारु आन्दोलनबाट चिढिएका तीनवटै शीर्ष पार्टीको भेदभावपूर्ण व्यवहार यथावत रहेको कुरा प्रष्ट देखिन्छ । आम माफीमा जेलमुक्त भएका रेशम चौधरी लाल आयोगको प्रतिवेदनबाट निर्दोष रहेको र स्थलगत रुपमा रेशम चौधरी अनुपस्थित रहेको लाखौंको भनाईलाई वेवास्ता गरि जेल मै राख्ने खस शासकवर्गको कुत्सित मनसाय बुझि नसक्नु छ । शासन चलाउन पल्केको न्यायालय रीटको प्रतिक्षामा छ । रीट गर्न ट्रेडमार्क लिएकाहरु सर्वोच्चको प्राँगणमा छ्यापछ्याप्ती पाइन्छ । रेशम चौधरीको विरोधमा रीट नपर्ने पनि होइन । घाटघाटमा शासकवर्गका बिना बर्दीका सेनाहरुको शिकञ्जाबाट खासगरि शासकलाई चुनौती दिने समुदाय त बच्नै सक्दैन । शिकञ्जाबाट उम्किनेहरु निगाह बक्सका कारण मुक्त भएको मान्न सकिन्छ ।

प्रणाली नै बनाएर तीन दशकदेखि भ्रष्टाचार गर्ने तीनै दलका शीर्ष नेताहरु अहिले नक्कली भुटानी प्रकरणमा मुछिएर गिरफ्तार भएको नेपालमा अनौठो घटना घटेको हो । २१ जनालाई जिउँदै ईंटा भठ्ठामा हालेर मारि दिने जघन्य अपराधी आफताव आलमलाई जेलमुक्त गराउने नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक रुपमै अभिव्यक्ति दिएर आफ्नो नैतिकताको ठूलो उदाहरण दिएका छन् । आज उनकै श्रीमति नक्कली भूटानी प्रकरणमा मुछिएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा शेरबहादुर देउवाले उनको रक्षा गर्न नसक्दा खाँड आफ्नो प्रतिष्ठा धुरसित भएको झोंकमा आरजू देउवालाई आफैले हिस्सा दिएको पोलेका छन् । आरजू देउवाले थूनामा रहेको सचिव टेकनारायणलाई कसैलाई नपोल्न आग्रह गरेकी छिन । समय अलिकति सहज भयो भने म तपाईहरुलाई निकाल्छु भनेर आश्वासन बाँडेर आएकी छन् अरे ।

माओवादीका शीर्ष नेता एमाले छिरेर सचिव बनेका टोपबहादुर रायमाझी र उसको छोरा सन्दीप रायमाझीको नाम नक्कली भूटानी प्रकरणमा मुछिएपछि ओलीले पनि बचाउन नसकी उनी गिरफ्तार भए । माओवादीबाट एमालेबाट पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र उसको छोरा प्रतीक थापा समेत नक्कली भूटानी प्रकरणमा मुछिएको र पक्राउ पर्न नसकेको । यस्ता घटनाहरुलाई ढाकछोप गर्न नसकेका यी ठूला नेता कहलिने पात्रहरु निस्तेज हुनुको कारण के हो ? कुन शक्तिले यिनलाई शक्तिहीन बनाएका हुन् । जसले पनि यो अनुसन्धानमा आफ्नो ताकत प्रयोग गरेको छ, प्रशंसाको पात्र हो । संस्थागत भ्रष्टाचार गर्नेहरुले बनाएको भ्रष्टाचार प्रणालीमाथि पहिलो पटक संस्था नै भत्किने बज्र प्रहार भएको छ । अन्याय, अत्याचार विरुद्ध किला नै उखेल्ने अनुसन्धान अगाडि बढेको छ । देश र जनताको पक्षमा निसाफ हुन जरुरी छ ।

आफ्ना कुकृत्य उजागर हुँदा पनि कुनै लाज नमानी नागरिकता विधेयक तथा रेशम चौधरीको पछाडि लागि पर्ने यो नश्लीय विभेदको पराकाष्ठा होइन ? के यी शासकहरु देशको अखण्डता, राष्ट्रिय हितका बारेमा सम्वेदनशील छ ? यिनलाई राष्ट्रघाती भन्न जनताले बिल्कुल लाज मान्नु हुँदैन ।

– मधेश दर्पण फिचर सेवा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...