YouTube Link

नेपाल-चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल २०२३ शुरु

Facebook Link

 

पोखराः नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसँगको सहकार्यमा आजदेखि पोखरामा नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३  भव्यताका साथ शुरु भएको छ ।

 

दक्षिण एशियाकै पहिलो पटक पर्यटकीय नगरी पोखरामा आयोजना गरिएको महोत्सव (फेस्टिवल)को संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती तथा नेपालका लागि चिनीयाँ राजदूत छेन संगले संयुक्त रुपमा उद्घाटन गरे ।

 

महोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउन यो महोत्सव फलदायी हुने बताए । उनले नेपाल र चीनबीच हुने यस्ता कार्यक्रमले दुई देशबीचको  सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताए ।

 

नेपालका लागि चिनीयाँ राजदूत छेन संगले नेपाल र चीन बीच लामो समय देखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्ने बताए ।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार भएको बताउँदै नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकारको कार्यक्रमले समग्रमा नेपाल कै पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो महोत्सव र कार्यक्रमले पोखराको  पर्यटनमा नयाँ प्रडक्ट थपिएको उल्लेख गर्दै यो कार्यक्रम एकपटकका लागि मात्र नभई हरेक वर्ष निरन्तरता दिनेगरी अगाडि बढाउने सोंच रहेको समेत जानकारी दिए ।

 

भोली सम्पन्न हुने प्रतियोगितामा नेपाली ४ चिनियाँ ४ गरी ८ समूह सहभागी छन् । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर,  चाइना-नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन बोट टोली नेपाल र पोखरा महानगर ड्रागन वोट टोलीले प्रतिस्पर्धा गरेका छन् ।

 

पहिलो दिन २०० मिटर र दोस्रो दिन ५०० मिटर गरी ८ वटा बोट रेश प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेताले २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...