नेदरल्यान्ड्सलाई हराउन सके नेपाल सुपर सिक्समा पुग्ने
वि.सं.२०८० असार ८ शुक्रवार ०८:११
1.4K
shares
काठमाडौं: आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराउन सके सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनेको छ ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको फराकिलो अन्तरले हार व्यहोर्न पुग्यो । अमेरिकालाई नेपालले ६ विकेटले हराएको थियो । नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ ।
समूह ‘ए” मा अमेरिका सुरुवाती तीन हारका साथ समूह चरणबाटै बाहिरिने प्रतियोगिताकै पहिलो टोली बनेको छ । जिम्बावे र वेस्ट इन्डिज लगातार दोस्रो जितका साथ सुपर सिक्समा स्थान बनाउन बलियो दाबेदारी पेस गरेको छ ।
अव तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्स मध्य एक टोली सुपर सिक्समा पुग्ने छ । नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले हार व्यहोरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो ।
नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुन्छ । सुपर सिक्समा पुग्न त्यो ४ अंक नै पर्याप्त हुनसक्ने देखिन्छ । नेपाल ४ अंकका साथ सुपर सिक्स खेल्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ ।
यदि नेदरल्यान्ड्सले अप्रत्याशित नतिजाका साथ वेस्ट इन्डिजलाई हराएमा भने समान ४ अंक हुनेछ । यो अवस्थामा नेटरनरेटमा भरपर्ने देखिन्छ ।
वि.सं.२०८० असार ८ शुक्रवार ०८:११