YouTube Link

शेखरले गगन थापालाई प्रस्ताव गर्नुको अर्थ

World Cup 2026
Facebook Link
vision

 

संसदीय चुनावको अन्तिम परिणाम आइसकेको छ । विभिन्न चर्चा, परिचर्चा र विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई आगामी पुस १० गतेसम्मको समय दिएर आह्वान गरेकी छन् । अन्य दलहरूले पनि आ-आफ्नो पार्टीको संसदीय दलको नेता छान्ने र सांसदहरूसँग आगामी सरकारबारे छलफल गर्ने क्रम सुरू भएको छ ।

 

सत्ता नेतृत्व गरिरहेको र संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले बुधबार संसदीय दलको चुनाव गर्दैछ। संसदीय दलको नेता नै पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने परम्परा रहेको कांग्रेसमा यो निर्वाचनको ठूलो लोकतान्त्रिक अर्थ र महत्व छ । कांग्रेसमा संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेतामा उठ्ने पक्कापक्की थियो । संस्थापनइतर शेखर कोइराला समूहबाट देउवालाई कसले चुनौती दिन्छ भन्ने मंगलबार बिहानसम्म पनि टुंगो थिएन ।

 

महामन्त्री गगन थापाले गत मंसिर ४ को चुनाव प्रचारकै क्रममा आफू संसदीय दलको नेताको उम्मेदवार बन्ने बताइसकेका थिए। उनको समूहलाई नेतृत्व गरिरहेका शेखरले भने मुख खोलेका थिएनन् । कांग्रेसको यो समूह कसरी अघि बढ्ला, संसदीय दलमा को उम्मेदवार बन्ला वा आन्तरिक मनमुटाव बढेर यो समूहको तागत क्षय होला भन्ने चासो र चिन्ता धेरैलाई थियो ।

 

देउवा पाँच पटक प्रधानमन्त्री भइसके । फेरि प्रधानमन्त्री बन्न उनले उम्मेदवारी दिएका छन् । आफू पार्टी सभापति र संसदीय दलमा आफ्नो पक्षका धेरै सांसद भएकाले उनी सो समूहबाट बिनाप्रतिस्पर्धा उम्मेदवार बन्ने ठूलो कुरा होइन । तर देउवा किन छैटौं पटक प्रधानमन्त्री बन्न चाहन्छन् ? उनले के पाउन बाँकी छ, अनि के गर्न बाँकी छ ? यसको सकारात्मक उत्तर कसैसँग छैन । स्वयं देउवासँग पनि छैन ।

 

सबैलाई थाहा छ, कांग्रेसको संसदीय दलमा देउवा समूहको बहुमत छ । बहालवाला सभापति र उनीसँग भएको स्रोत, साधन र हैसियतका कारणले सांसदको टिकट वितरणमा उनी नै हावी थिए । आफ्नै धेरै मानिसलाई उनले टिकट दिएका थिए । इतरसमूहका कम मानिसले टिकट पाएपछि जितेर आउनेहरूमा देउवा समूहका धेरै हुने नै भए ।

 

यति हुँदाहुँदै पनि शेखर समूहले देउवालाई मैदान खाली छाडेन । प्रतिस्पर्धामा युवा पुस्ताका प्रभावशाली नेता गगन थापालाई आफ्नो सर्वसम्मत उम्मेदवारका रूपमा अघि बढायो । यो समूहले महामन्त्री गगनलाई संसदीय दलको नेतामा किन उम्मेदवार बनायो भन्ने प्रश्न महत्वपूर्ण छ । शेखर र गगन एक ठाउँमा उभिनुको ठूलो अर्थ र महत्व छ भन्ने मलाई लाग्छ ।

 

शेखरले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने कुरा बुधबार हुने संसदीय दलको चुनावमा हार्ने र जित्ने विषयसँग मात्रै सीमित छैन । यो कांग्रेसको इतिहास र भोलिको राजनीतिमा कांग्रेसले खेल्ने भूमिकासँग जोडिएको छ। नेपाली राजनीति र समाजको रूपान्तरण र भोलिको नेपालसँग जोडिएको छ ।

 

नेपाली कांग्रेस सात दशक पुरानो पार्टी हो । ७० वर्ष लामो यो यात्रामा विभिन्न उतारचढाव आएका छन् । विभिन्न आरोह-अवरोहमा ठूलाठूला नेताहरू आएका छन् र गएका छन् । तर यो पार्टी एउटा बहाबमा चलेको छ । २००७ सालको क्रान्ति, २०४६ को पहिलो जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलन, नेपालको गणतन्त्रमा प्रवेश र संविधान सभाबाट २०७२ मा संविधान जारी हुँदा कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको छ । यी परिवर्तनको सारथि बनेको छ । सबैको संयोजन गरेर यी परिवर्तनलाई सम्भव बनाउन अभिभावकीय भूमिका खेलेको छ। भोलि पनि मुलुकलाई कांग्रेसको अभिभावकत्व र नैतिक तागतको आवश्यकता पर्नेछ ।

 

पछिल्लो समय सभापति देउवाले जे गरिरहेका छन्, त्यसले कांग्रेसको आन्तरिक शक्ति र नैतिक तागत क्षय भएको छ। यो अवस्थामा लोकतान्त्रिक प्रणाली र जनताले ल्याएको परिवर्तन नै धरापमा पर्छ कि भन्ने चिन्ता देखिएको छ ।

 

देउवा पाँच पटक प्रधानमन्त्री भइसके । फेरि प्रधानमन्त्री बन्न उनले उम्मेदवारी दिएका छन् । आफू पार्टी सभापति र संसदीय दलमा आफ्नो पक्षका धेरै सांसद भएकाले उनी सो समूहबाट बिनाप्रतिस्पर्धा उम्मेदवार बन्ने ठूलो कुरा होइन । तर देउवा किन छैटौं पटक प्रधानमन्त्री बन्न चाहन्छन् ? उनले के पाउन बाँकी छ, अनि के गर्न बाँकी छ ? यसको सकारात्मक उत्तर कसैसँग छैन । स्वयं देउवासँग पनि छैन ।

 

उनले परिवर्तित सन्दर्भमा देशलाई सही नेतृत्व दिन सक्छन् भन्ने विश्वास धेरैलाई छैन । सायद उनका निकटहरूलाई पनि छैन । तर के पनि साँचो हो भने, उनले आफू प्रधानमन्त्री बन्नकै लागि गठबन्धन कायम राखेर यो चुनाव गराएका हुन् । चुनावपछि पनि गठबन्धन कायम रहोस् भन्ने उनको ध्येय छ ।

 

मंसिर ४ को चुनाव कांग्रेसलाई बहुमत दिलाएर एकल सरकार चलाउनका लागि गरिएकै थिएन । १६५ क्षेत्रमध्ये ९१ सिटमा मात्रै उम्मेदवारी दिएको कांग्रेसले बहुमत कसरी ल्याउँथ्यो र ! निर्वाचनमै यस्तो ‘डिजाइन’ गरेर कायम राखिएको यो गठबन्धनको समस्या र हाम्रो दुर्भाग्य के हो भने यो गठबन्धनसँग देशलाई अगाडि लैजाने कुनै दूरदृष्टि र सोच छैन । किनभने गठबन्धनका दलहरू कसरी आफू सत्तामा रहिरहन सकिन्छ भन्ने साँघुरो सोचबाट निर्देशित छन् ।

 

यो समग्र पृष्ठभूमिमा कांग्रेसभित्रको इतर पक्ष र यसका नेता शेखरलाई हेर्नुपर्छ । यो पृष्ठभूमिमा संसदीय दलमा गगनको उम्मेदवारीको अर्थ खोज्नुपर्छ । उनीहरू दुबै जना सँगै उभिएर कांग्रेसभित्रका धेरै प्रतिभावानलाई जोड्नुको महत्व बुझ्नुपर्छ ।

 

२०७४ को संसदीय चुनाव हारेर शेखर मूलधारको राजनीतिबाट बाहिर परेका थिए । तर उनले हिम्मत हारेनन् । पाँच वर्षसम्म निरन्तर कांग्रेस कार्यकर्तामाझ पुगे। उनीहरूका कुरा सुने । आफ्ना कुरा सुनाए। १४ औं महाधिवेशनमा आम कांग्रेसीको विश्वास जितेर उनले सशक्त पुनरागमन गरे । महाधिवेशनमा गगनले शेखरलाई सभापतिमा सघाए । महाधिवेशनमा शेखर देउवासँग हारे । तर आफ्नो व्यक्तित्व र विचारले एक परिपक्व राजनीतिज्ञका रूपमा स्थापित भए । धेरै पुराना नेतालाई पाखा लगाएर उनी कांग्रेसमा संस्थापनइतर समूहको नेताका रूपमा स्थापित भए ।

 

कांग्रेसको आन्तरिक जीवन कठिन मोडमा पुगेका बेला र मुलुकले परिवर्तन खोजेका बेला शेखरले गगनलाई संसदीय दलको नेतामा प्रस्तावित गरेका छन् । शेखर र गगनको जोडीले कांग्रेसमा विरासतको निरन्तरता र परिवर्तनको सम्भावनालाई एकसाथ प्रतिनिधित्व गर्छन् । यसमा शेखर निरन्तरताको प्रतिनिधि हुन् भने गगन परिवर्तनका । कुनै पनि दललाई चलायमान बनाउन निरन्तरता र परिवर्तनको सम्मिश्रण जरूरी हुन्छ ।

 

नेपाली राजनीतिमा कोइराला परिवारको ठूलो विरासत छ । राणाविरूद्धको क्रान्ति, २०१५ सालको पहिलो आमनिर्वाचन, २०४६ सालको परिवर्तन, २०६२/०६३ को जनआन्दोलन र २०७२ मा संविधान जारी भएकाजस्ता महत्वपूर्ण घटनामा कोइराला परिवारका विभिन्न व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यी हरेक महत्वपूर्ण मोडमा एउटा निष्ठा र आस्थामा अडिग परिवारका सदस्यहरू समयले दिएको भूमिकामा खरो उत्रिएका छन् ।

 

अहिले उक्त परिवारका दोस्रो पुस्ताका कतिपय नेताहरूमा भने विचलन आएको देखिन्छ । वैचारिक स्पष्टता र निष्ठाको राजनीतिमा उनीहरू अडिन सकेका छैनन् । वैचारिक रूपमा शेखर भने स्थिर नेता हुन् । कांग्रेसभित्र परिवर्तन र रूपान्तरण हुनुपर्छ भन्ने आवाज उठाइरहेका शेखरले अहिले संसदीय दलको नेतामा गगनलाई प्रस्ताव गरेर परिवर्तनप्रतिको आफ्नो निष्ठामा खरो उत्रिएका छन् ।

 

प्राय: आमनिर्वाचनपछि राजनीति थिग्रिने गर्छ । मंसिर ४ को चुनावपछि भने नेपालको राजनीति झन् तरल अवस्थामा पुगेको छ । चुनावमा संस्थापनविरूद्धको वितृष्णा र आक्रोशले संस्थापनलाई हराएर नयाँ शक्ति आउन सुरू भएको छ । वितृष्णा र आक्रोशको मत दुईतिर बाँडिएको छ । एकातिर युवा र नयाँको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । त्यो पार्टीमा युवाको नेतृत्व छ तर उसको विचार के हो भन्ने थाहा छैन । भोलि महत्वपूर्ण विषयमा यो पार्टी कता उभिन्छ भन्ने अन्यौल छ ।

 

नेपाल जस्तो भूराजनीतिक स्थितिमा अवस्थित छ, यहाँ बाँसजस्तो हावामा बत्तिने पार्टी होइन, आफ्नो विचार र आस्थामा सतिसालझैं अडिग पार्टी चाहिन्छ । अनि त्यसमा मियोजस्तो नेता पनि चाहिन्छ । शेखर परिपक्वता र निरन्तरताका धरोहर हुन् । उनी सानोतिनो कुरामा विचलित हुँदैनन् । उनले कांग्रेसको राजनीतिलाई निरन्तर अघि बढाउन सक्छन् ।

 

अर्कातिर नयाँ मान्छेको सहारामा पुरानो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पहिलाभन्दा ठूलो बनेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन नयाँ अनुहार भए पनि राप्रपा पुरातन पार्टी हो । उसले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता उल्ट्याउने कुरा गर्छ ।

 

यो चुनावमा नेकपा (एमाले) पनि समानुपातिकतर्फ पहिलो र समग्रमा दोस्रो बनेर आफ्नो वर्चश्व देखाएको छ। तेस्रो स्थानमा रहेर पनि राजनीति खेलाउन सक्छु भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुटिलताले आगामी दिनमा नेपाली राजनीतिलाई झन् तरल बनाउने निश्चित छ ।

 

नेपाल जस्तो भूराजनीतिक स्थितिमा अवस्थित छ, यहाँ बाँसजस्तो हावामा बत्तिने पार्टी होइन, आफ्नो विचार र आस्थामा सतिसालझैं अडिग पार्टी चाहिन्छ । अनि त्यसमा मियोजस्तो नेता पनि चाहिन्छ । शेखर परिपक्वता र निरन्तरताका धरोहर हुन् । उनी सानोतिनो कुरामा विचलित हुँदैनन् । उनले कांग्रेसको राजनीतिलाई निरन्तर अघि बढाउन सक्छन् ।

 

अर्कातिर गगन परिवर्तनका आवाज हुन् । उनीसँग उमेर छ, ऊर्जा छ । काठमाडौं निर्वाचन क्षेत्र ४ बाट परिवर्तनको ‘म्यान्डेट’ बोकेर फराकिलो मतान्तरले विजयी भएका छन् । हिजो स्वास्थ्य मन्त्री हुँदा गरेका काम, कोरोना कालमा होस् वा अरू महत्वपूर्ण मुद्दामा संसदमा एक्लो प्रतिपक्षीजस्तो बनेर उनले खेलेको भूमिकाले एउटा छवि बनाएका छन् । क्षमता प्रदर्शन गरेका छन् ।

 

यसपालि शेखरले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव मात्र गरेका छैनन्, गत महाधिवेशनमा फरकफरक समूहबाट महामन्त्रीमा उठेका चार जना नेतालाई एकै ठाउँमा ल्याएका पनि छन् । भोलिको कांग्रेसका लागि कांग्रेसको परिवर्तनका लागि यसको ठूलो महत्व छ ।

 

देउवा समूहबाट महामन्त्री उठेका अर्का उर्जावान युवा नेता प्रदीप पौडेल अहिले काठमाडौं-५ बाट निर्वाचित सांसद हुन् । उनी संसदीय दलमा गगनको समर्थक बनेका छन् । प्रकाशमान सिंहको समूहबाट उठेर महामन्त्रीमा निर्वाचित भएका झापा- १ का सांसद विश्वप्रकाश शर्मा पनि गगनको समर्थक बनेका छन् । शेखरले आफ्नै समूहबाट महामन्त्री लडेका नेता मीनेन्द्र रिजाललाई पनि गगनका पक्षमा उभ्याएका छन् । गत महाधिवेशनमा फरक समूहबाट महामन्त्रीमा उठेका यी चार जना परिवर्तनका लागि सभापति देउवाविरूद्ध एक ठाउँमा उभिनुले पनि कांग्रेसमा ठूलो सन्देश दिएको छ ।

 

कांग्रेस फेरि यस्तो दल हो जहाँ प्रतिस्पर्धा गरेर स्वाभाविक र सौहार्दपूर्ण रूपमा नेतृत्व परिवर्तन गर्न सम्भव छ। मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देखिएको दृश्यले कांग्रेस चरित्र देखाउँछ । मिडियामा सार्वजनिक भएको एउटा तस्बिरमा देउवा र गगनले सँगै उभिएर संसदीय दलमा उम्मेदवारी दिएको देखिन्छ । फरक पुस्ताका दुई नेताले हाँसीहाँसी प्रतिस्पर्धालाई स्वीकार गरेको देखिन्छ । नेपाल र दक्षिण एसियाकै राजनीतिक सन्दर्भमा यो सानो कुरा होइन । यसले कांग्रेसभित्रको लोकतान्त्रिक पद्धतिलाई र त्यसप्रति उसको निष्ठालाई देखाउँछ ।

 

हिजो राणाकालदेखि पञ्चायतकालसम्म कांग्रेस बहुदलीय प्रतिस्पर्धा र प्रजातन्त्रप्रति अविचलित उभिँदा कम्युनिस्ट पार्टीहरू र हिजो राजाको एकदलीय शासन मान्ने पार्टीहरू पनि प्रजातन्त्र र बहुदलीय प्रतिस्पर्धा मान्ने ठाउँमा पुग्न बाध्य भए । आज नेपाली कांग्रेस सबल भयो, पारदर्शी भयो, जवाफदेही र उत्तरदायी भयो, थप लोकतान्त्रिक भयो भने र भोलिको नेपाल हाँक्न सक्ने भयो भने यसले अरू राजनीतिक दललाई पनि रूपान्तरणका लागि प्रेरणा र दबाब दिनेछ ।

 

(राजनीतिक विश्लेषक शर्मासँग सेतोपाटीका भानुभक्तले गरेको कुराकानीमा आधारित।)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...