Texas College
YouTube Link

सरकार निर्माणका लागि दौडधुप सुरु, को बन्ला पहिलो प्रधानमन्त्री ? गठबन्धनबाट देउवा र प्रचण्ड दुवैको दाबी

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता भएसँगै सरकार निर्माणका लागि दौडधुप सुरु भएको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बहुमत सांसदको समर्थन पेश गर्ने समय पुस १० गते साँझ ५ बजेसम्मलाई दिएकी छिन् ।

 

बुधबार भएको दलको निर्वाचनमा महामन्त्री गगन थापालाई ३९ मत अन्तरले पराजित गर्दै देउवा दलको नेता बनेका छन् । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा कांग्रेस पहिलो पार्टी बनेको छ ।

 

यतिबेला सभापति देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउने योजनामा छन् । दलको नेता चयन भएपछि उनलाई गठबन्धन र बाहिरका अन्य दलहरुसँग छलफल गर्न सहज भएको नेताहरु बताउँछन् ।

 

यसैबीच, सरकार निर्माणबारे छलफल गर्न गठबन्धनको बैठक बुधबार बस्न सक्ने नेताहरुले बताएका छन् । सरकार गठनमा राष्ट्रपतिले दिएको समयसीमाभित्रै गठबन्धनमा पद बाँडफाँटबारे छलफल थाल्न बैठक बस्नुपर्ने नेताहरु बताउँछन् ।

 

गठबन्धनले सरकार बनाएको अवस्थामा पहिलो प्रधानमन्त्री आफूले पाउनुपर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् । तर यसअघिको कार्य सम्पादन समिति बैठकमा कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिइसकेको छ ।

 

अहिलेसम्म गठबन्धनबाट कसैले पनि प्रधानमन्त्रीको दाबी नगरेको ने‍ताहरुले बताएका छन् । कांग्रेसले पहिलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् । उता प्रचण्डले आलोपालोको हिसाबमा आफू पहिले प्रधानमन्त्री हुनुपर्ने पक्षमा छन् ।

 

प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने बताउँदै प्रतिनिधि सभाको परिणाम जे आएपनि पहिलो सरकारको नेतृत्व आफूले गर्ने समझदारी भएको बताएका छन् । कांग्रेसभित्र माओवादीलाई सरकारको नेतृत्व दिन नहुने मत पनि छ ।

 

संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति गरे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् ।

 

कांग्रेसले दलको नेता चयन नगरी प्रधानमन्त्रीमा दौडधुप नगर्ने बताएपनि संसदको दोस्रो ठूलो शक्ति एमालेले पनि सरकार निर्माणकै प्रयास औपचारिक गरेको छैन ।

 

यद्यपि एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा लगायत दलका शीर्ष र दोस्रो तहका नेतासँग छलफल गरिसकेको छ ।

 

माओवादीलाई एमालेले प्रधानमन्त्री बन्न आग्रह गरिसकेको छ । यस्तै रास्वपालाई पनि सरकारमा ल्याउन एमाले तयार छ । एमाले अध्यक्ष ओलीले रास्वपा सभापति रवि लामिछानेसँग दुईपटक छलफल गरिसकेका छन् ।

 

एमालेले राष्ट्रपति आफूले लिएर प्रधानमन्त्री कुनै दललाई बनाउने प्रयास गरेको छ । गठबन्धनले सरकार बनाए केन्द्रदेखि प्रदेशतहका ३५ मुख्य र केही संवैधानिक पदहरुमा आफ्ना नेता-कार्यकर्ता सेट गर्न सक्नेछ ।

 

एमालेले पनि पाँच वर्ष सबै पद गुमाउनुभन्दा सरकार निर्माण गरेर आफ्ना नेता-कार्यकर्तालाई इन्गेज गर्न चाहेको छ । त्यही भएर एमालेले सरकार निर्माणका लागि भित्र भित्रै प्रयास गरिरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...