YouTube Link

सन् २०२० लाई फर्केर हेर्दा के-के घटनाहरु भए त

Facebook Link
vision

कोरोनाले भयभीत बनाएको सन् २०२० को बिदाई गर्दै विश्वभर नयाँ वर्षको स्वागत गरिएको छ । अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ । कोभिडका कारण सन् २०२० विश्वका लागि प्रतिकूल र चुनौतिपूर्ण रह्यो ।

महामारीबाट मानवीय क्षति मात्र भएन, विश्व अर्थतन्त्र, व्यवसाय, उद्योग र जनजीवन ठप्पप्रायस् हुँदा राजनीतिक तथा प्राकृतिक घटना ओझेलमा परे । कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु घटेका छन् । नेपालमा केही ठूला र केही साना, तर आपराधिक क्रियाकलपामा अत्यन्त क्रुर देखिने केही घट्नाक्रम भए । हत्या, बलात्कार अनि कालोबजारीका कयौं घटना सार्वजनिक भए ।

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा मुकेश चौरसियाको मृत्यु भयो । चौरसियाको हत्यामा पहिलो संविधान सभामा नेकपा एमालेबाट पर्सा–३ का संविधानसभा सदस्य राजकुमार गुप्ता संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाए । गुप्ता पनि संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन । गुप्ताविरद्ध जाहेरी लिन नमानेपछि पर्सामा दिनहुँ प्रदर्शन भयो ।

महामारीबाट मानवीय क्षति मात्र भएन, विश्व अर्थतन्त्र, व्यवसाय, उद्योग र जनजीवन ठप्पप्रायस् हुँदा राजनीतिक तथा प्राकृतिक घटना ओझेलमा परे । कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु घटेका छन् । नेपालमा केही ठूला र केही साना, तर आपराधिक क्रियाकलपामा अत्यन्त क्रुर देखिने केही घट्नाक्रम भए । हत्या, बलात्कार अनि कालोबजारीका कयौं घटना सार्वजनिक भए ।

त्यस्तै नक्कली सुनकाण्ड, एसिड प्रकरण, गोगंबु हत्या प्रकरण, पूजारी हत्या प्रकरण, मोरङका शिक्षक हत्याकाण्ड, पर्साका मुकेश चौरसिया हत्याकाण्ड, धादिङ हत्याकाण्ड र कोरोना भाइरसको नाममा पत्रकारको नक्कली कार्ड प्रकरण लगायत २०२० का चर्चित अपराधिक क्रियाकलाप हुन् । केही घटनामा प्रहरी आलोचित समेत बन्यो ।

साउन १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुईवटा हतियार बरामद गर्यो । सोही दिन आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरीका तत्कालीन प्रमुख, एसएसपी श्याम ज्ञवालीले १५ किलोमध्ये आधा किलोमात्र सुन रहेको बताए । बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको पाइयो ।

साउन ८ गते साँझ सितापाइलामा युवतीमाथि एसिड प्रहार भयो। सोही दिन राति महानगरीय प्रहरी वृत्त स्वयम्भूले रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं डल्लु बस्ने मोहमद आलम र सोही स्थानका मुन्ना मोहमदलाई पक्राउ गर्यो । उनीहरूले ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी युवतीमाथि एसिड प्रहार गरेका थिए ।

साउन २५ गते गोंगबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला पार्यो । ती पुरुषको टाउको र शरीर क्रमशः सुटकेस र झोलामा थियो । शव दाङका कृष्णबहादुर बोहराको थियो । बोहराको हत्यामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका ७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल पक्राउ परिन् । उनीहरूबीच केही वर्षअघि फेसबुकमा परिचय भएको थियो ।

कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट महिलाका निर्वस्त्र तस्बिर राख्न थालेपछि पौडेलले आफू बस्ने घरमा बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी थिइन् । पौडेललाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । यो निकै क्रुर हत्या काण्ड थियो । यसले राष्ट्रिय रुपमै अपराधमा महिलाको चरित्रको विषयमा बहस केन्द्रीत गरेको थियो ।

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका पुजारी श्रीराम साहको गोली प्रहारबाट हत्या भयो । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा थियो । घटनाको १३ दिनपछि पूजारीको हत्यामा रामनरेश राउत पटेल र बालकृष्ण पटेल पक्राउ परे । तर, पूजारी साहको हत्या प्रकरणमा पीडित परिवारले प्रहरीको अनुसन्धानप्रति असन्तुष्टी जनाएका छन् ।

२३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भयो । हत्याको जिम्मा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको थियो। विप्लव समूहले हत्याको जिम्मा लिँदा पनि श्रेष्ठको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छैनन । प्रहरीले विप्लव समूहका मान्छेलाई पक्राउ गरेपछि त्यसको बद्लामा उनको हत्या भएको जनाइएको छ । यद्यपि अहिलेसम्म हत्यरा पक्राउ पर्न सकेका छैनन । यो घट्नापछि विप्लव समूह हिंसामा उत्रेको होकि भन्ने आशंका उब्जेको छ ।

रुकुम घटना स्जातीय भेदभावकै कारण हत्या:

जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए । विकले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रुप लिएको थियो ।

केटा पक्षले केटीले बोलाएपछि आफूहरु लिन आएको बताएका थिए । तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएका बताइन्छ । मृतक छ जना मध्ये चार जना दलित भनिने समुदायका रहेको खुलेको थियो ।

ज्यान गुमाएका ६ जनाको शव भेरी नदीमा फेला परेको थियो।उक्त घटनाबारे अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले समेत नेपालमा जातीय विभेद र हिंसासँग जोडिएका अपराधमा दण्डहीनता उच्च रहेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । यस घटनामा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तको कार्यालयले समेत चासो व्यक्त गर्दै विज्ञप्ति निकालेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले समेत आफ्नो प्रारम्भिक अनुसन्धानमा उक्त घटनाको प्रमुख कारक जातीय विभेद रहेको निष्कर्ष निकालेको थियो । घटनाको अनुसन्धानका लागि एक संसदीय विशेष छानबिन समिति समेत गठन गरिएको थियो ।

कोरोना महामारी:

गतवर्ष डिसेम्बरमा चिनको वुहानबाट विश्वभर फैलिएको कोभिड नाइन्टिन नियन्त्रण तथा रोकथामका लागि अधिकाँश मुलुक लकडाउनसम्मको प्रतिबन्धात्मक कदम चाल्न बाध्य भए । जसले अधिकाँश क्षेत्र ठप्प हुँदा विश्व अर्थतन्त्रमा खर्बौ डलर नोक्सानी भएको छ भने लाखौले रोजगारी गुमाए । अहिले बेरोजगारीस्तर सन् १९ सय २९ देखि ३३ सम्मको आर्थिक मन्दी बराबर पुगेको छ । अमेरिकामा मात्र ३३ प्रतिसतले रोजगारी गुमाएका थिए । महामारीविरुद्ध जुटेको विश्वसमुदायले वैज्ञानिकबाट छोटो अवधिमै खोप विकास पाए । अहिले फाइजर र बायोएनटेक, मोडेर्ना, रुसको स्पुतनिकलगायत खोप अभियानकै रुपमा प्रयोग भइरहेको छ । विकसित मुलुकले प्रयोग थालेपनि विपन्न र कमजोर मुलुकसम्म कहिले पुग्ला भन्ने संसय रहेकै बेला बेलायतबाट फैलन थालेको कोरोनाको नयाँ स्वरुपले पुनस् विश्वलाई सतर्क गराएको छ ।

सेप्टेम्बरमा बेलायतमा देखा परेको नयाँ कोरोना भाइरस विभिन्न देशमा फैलिसकेको छ । कोभीड १९ को तुलनामा नयाँ स्वरुप ७० प्रतिशत तीव्र संक्रामक भएको बताइएपछि यसबारे विश्वभर चिन्ता बढेको छ । नेपालले पनि विमानस्थलदेखी सिमा नाकामा कडाइ गर्न थालेको छ। बेलायतसँग धेरै मुलुकहरुको आवागमन भएकोले नयाँ भनिएको भाइरस सजीलैसँग विश्वभर फैलिन सक्ने अनुमान गरिएको छ ।

जमघटमा प्रतिबन्ध:

कोरोना महामारीका कारण भिडभाड र जमघटमा प्रतिबन्ध लगाइदाँ यसपाली नयाँ बर्षको रौनक खल्लो बनेको छ ।केहि मुलुक र शहरमा आतेशबाजी र कार्यक्रम गरेर नयाँ वर्षलाई स्वागत गरिएको छ । चाडपर्वमा कोरोना संक्रमण बढ्ने त्रासका बीच विश्वका अधिकांश मुलुकले लकडाउन र प्रतिबन्धात्मक व्यवस्थामा कडाई गरेका छन् ।

यो वर्ष विश्वका अधिकांश मानिस धेरै समय घर भित्रै बस्न बाध्य भए । युरोप, मध्यपुर्व र एशियाका कतिपय भुभागमा रहस्यमयी धुवाँले करिब १८ महिनासम्म आकास ढाकेको थियो । आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुदाँ धेरै मानिस विदा मनाउनबाट बन्चित भए ।

कार्यक्रम गर्न बन्देज:

संक्रमणका कारण युरोप अन्य मुलुकमा नयाँ वर्षका कार्यक्रम भएका छैनन् । नयाँ वर्षको विदा अवधीभर बार, रेष्टुरेन्ट र साँस्कृतिक कार्यक्रम गर्न बन्देज गरिएको छ । यस्तै नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण फैलिएको बेलायतमा त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले घरमै बस्न र प्रतिबन्धात्मक नियमको अनुसरण गर्न आग्रह गरेका छन् । लकडाउन र प्रतिबन्धात्मक नियमले नयाँ वर्षका कार्यक्रम प्रभावित भएका छन् । कोरोना नियन्त्रण भएको चीनमा पनि नयाँ वर्षमा हुने कार्यक्रम रद्ध गरिएको छ भने जापानमा नयाँ वर्षको अवसरमा हुने परम्परागत कार्यक्रम स्थिगत गरिएको छ ।

राजनीतिक घटनाः

दल भित्रको विवाद बढ्दै जाँदा नेपालमा केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकारले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्यो । संसद विघटन गैरसंवैधानिक भन्दै राजनीतिक रुपमा विरोध गर्दै नेपालका संसदीय दलहरु, सर्वोच्च अदालतको फैसलाको पर्खाइमा छन् । संसद विघटनपछि दक्षिण एसियाको ठूलो कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी विभाजनको वैधानिकता कुरिरहेको छ । नेपालका राजनीतिक पार्टीमा देखिएको तिक्कता मध्येको सबैभन्दा ठूलो तिक्तताका रुपमा यसलाई ब्याख्या गरिएको छ ।

कुटनीतिक सम्बन्ध:

आतंकवादी आक्रमणका मुख्य योजनाकारलाई आश्रय दिएको भन्दै अफगानिस्तानमा युद्ध छेडेको अमेरिकाले करिब १९ वर्षपछि विद्रोही तालिबानसँग शान्ति सम्झौता गरी सैनिक फिर्ता गर्योक भने अमेरिकासँगको शान्ति सहमतिपछि तालिबान विद्रोही र अफगान सरकारवीच कतारको दोहामा शान्तिवार्ता चलिरहेको छ । यसैगरी इजरायलले अमेरिकी मध्यस्थतामा इजरायलले युएई र बहराइनसँग कुटनीतिक सम्बन्ध स्थापित गरेको छ ।

अमेरिकामा जर्ज फ्लोइडको निर्मम हत्या:

रंगभेद नीतिका कारण पहिल्यैदेखि आलोचित अमेरिका सन् २०२० मा विश्व समुदायको तीव्र आक्रोश एवं घृणाको शिकार बन्यो । मे २५ का दिन एक ४५ वर्षे अश्वेत जर्ज फ्लोइडले श्वेत अमेरिकी प्रहरीको क्रुरताका कारण ज्यान गुमाए ।

मिलियापोलिस राज्यमा बसोबास गर्ने फ्लोइडले नजिकको स्टोरबाट एक बट्टा चुरोट किन्ने क्रममा २० डलरको नक्कली बिल बुझाएको आशंकामा प्रहरीलाई उजुरी दिए । त्यसपश्चात प्रहरी अधिकृत डेरेक चाउभिनले उनलाई जमिनमा घुँडा टेक्न लगाएर गर्धनमा बुटले टेके। ८ मिनेट १५ सेकेण्डसम्म यसरी कठिन सजाए दिँदा फ्लोइडले २० पटकभन्दा बढी श्वास फेर्न गाह्रो भएको भन्दै याचना गरे पनि चाउभिनले अन्ततः उनको प्राण लिएरै छाडे ।

भिडियो एवं तस्बिर सामाजिक सञ्जालमा फैलिदा सो घटनाले विश्वको ध्यान खिच्यो । त्यसपश्चात अमेरिका र अमेरिकाबाहिर विभिन्न देशमा अझै कायम रंगभेद नीतिविरुद्ध असंख्य नागरिक आन्दोलनमा उत्रिए ।

अमेरिकामा प्रहरी हिरासतमा अश्वेत व्यक्ति मारिएपछि रंगभेदविरुद्ध चर्किएको आन्दोलनमा ५४ जनाको ज्यान गयो भने रंगभेदसम्बन्धी टिप्पणी गरेको भन्दै आलोचित राष्ट्रपति ट्रम्प राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाटिकका जो बाइडेनबाट पराजित भए ।

अमेरिकि राजनीतिक घटनाक्रम:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस बर्ष कार्यकाल नवीकरण गर्ने बर्ष भएकाले पनि बढी चर्चा भयो ।गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उहाँको दृष्टिकोणलगायतका कारणले उहाँ चर्चाको केन्द्रमा नै रहे । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा ट्रम्पलाई यस बर्षले टुंगो लगायो । उहाँलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि ट्रम्पले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले ।

ब्रेक्जिटः

युरोपेली संघसँगैको सदियौं लामो सम्बन्ध तोड्दै बेलायतले जनवरी ३१ तारिखमा ईयुबाट बहिगर्मन अर्थात ब्रेक्जिट लियो । ११ महिना संक्रमणपछि यही डिसेम्बरमा इयु र बेलायतबीच पछिल्लो ब्रेक्जिट सम्झौतासमेत भएको छ । ऐतिहासिक सम्झौताअनुसार दुवै पक्षबीच वस्तु तथा सेवामा कायम अतिरिक्त कर र कोटा प्रणाली लागू हुने छैन ।

विपत्ति र घटनाः

यो वर्षको अगष्ट ४ तारिख लेबनानको बेरुतस्थित बन्दरगाहको गोदाममा राखिएको एमोनियम नाइट्रेट ग्यास बिस्फोट हुदाँ २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने ७ हजार बढी व्यक्ति घाइते भएका थिए । ३ लाख परिवार घरवारविहीन हुने गरी भएको विस्फोटबाट २० अर्ब डलरको क्षति भएको थियो । यसैगरी अष्ट्रेलियाको १ करोड ८६ लाख हेक्टर भुमिमा भयानक डढेलो लाग्दा ३४ जनाको मृत्यु भयो भने ५ हजार ९ सय भवन जलेर नष्ट भए । यसले मानवीय र भौतिक क्षति भन्दा जंगलमा आश्रय लिएका ३ अर्ब बढी जनावरको क्षति भयो ।

वर्ष २ हजार २०मा नकरात्मक घटना मात्र भएनन् केहि सकरात्मक घटना पनि भए । यो वर्ष विश्व राजनीतिमा महिला प्रतिनिधीत्व बढेको छ । १९ सय ९५को तुलनामा राजनीतिमा महिला सहभागीता दोब्बरले बढेको छ । २० मुलुकमा महिला नेतृले देश चलाइरहेका छन् । एशिया मुलकी कमला ह्यारिस पहिलो पटक अमेरिकाको उप–राष्ट्रपति निर्वाचित भइन् ।

उत्कृष्ट ब्यक्तिहरुको मृत्यु:

पद्मश्री पुरस्कार विजेता र बलिउडका उत्कृष्ट प्रतिभामध्ये एक, अभिनेता इरफान खानको अप्रिल २९ मा निधन भयो । पछिल्लो दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका इरफान खानलाई पछिल्लो समय कोलोन इन्फेक्सन भएको थियो । अप्रिल २८ मा कोलोन इन्फेक्सनकै कारण श्वा्सप्रश्वाेसमा समस्या देखिएपछि मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा निधन भएको हो ।

अभिनेता इरफान खानको निधनको शोकबाट निस्किन नपाउँदै बलिउडले अर्का दिग्गज कलाकार गुमाउनुपर्यो ।

इरफान खानको निधनको भोलिपल्टै ९अप्रिल ३०० अभिनेता ऋषि कपुरको निधन भएको हो । ६७ वर्षीय कपुरको मुम्बईको रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको थियो । अभिनेता ऋषि कपुर पनि पछिल्लो केही वर्षदेखि क्यानसरसँग जुधिरहेका थिए ।सन् २०१८ मा ल्युकेमिया डिटेक्ट भएर न्युयोर्कमा सफल उपचारको एक वर्षपछि ६७ वर्षको उमेरमा ऋषिको निधन भएको हो ।

एकपछि अर्को परिवार गुमाएको शोकबाट विस्तारै बाहिर निस्किरहेको बलिउड र बलिउड प्रेमीलाई १४ जुनले पुनस् शोकमा डुबायो । चर्चित अभिनेता सुशान्तसिंह राजपुतले बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए । सन् २०१० मा टेलिभिजनको पर्दाबाट अभिनय यात्रा सुरु गरेका सुशान्तले छोटो समयमै बलिउडमा आफनो अभिनय र नम्र व्यवहारले सफल अभिनेताका रुपमा ख्याति कमाएका थिए ।

चर्चित अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । उनले पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका थिए । क्यालिफोर्नियाको कालाबासस सहरमा भएको दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जनाको ज्यान गएको छ ।

नेपालमा सलह आतंक:

यस बर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेश गरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो ।कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको थियो ।

खेलकुद क्षेत्र प्रभावित:

कोरोनाका कारण धेरै खेल हुन नसक्दा, भएका खेल पनि बिना दर्शक सञ्चालनमा आउँदा तथा खेल क्षेत्र आर्थिक रुपमा टाट पल्टँदा २०२० बिर्सन लायक नै रहयो । यद्यपि, कोरोनाले खेल क्षेत्रलाई केही महिना भन्दा धैरै ठप्प राख्न सकेन ।

सन् २०२०मा कोभिड–१९ को प्रभावका कारण खेलकुद क्षेत्र प्रभावित बन्यो । विश्व खेलकुद प्रभावित भएको यो वर्ष बिभिन्न प्रतियोगिता स्थगित भए भने जापान ओलम्पिकदेखि कतार विश्वकप छनोट र प्रिमियर लिगदेखि युरोकप फुटबलसम्म प्रभावित रहे । अन्तिमसम्म ओलम्पिक २०२०को तयारी गरेको जापानले कोभिड–१९का कारण प्रतियोगिता २०२१ सम्मका लागि स्थगित नगरी सुखै पाएन । ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले बिभिन्न मित्रराष्ट्रको दवावपछि आधुनिक ओलम्पिकको इतिहासमा पहिलो पटक ओलम्पिक १ बर्ष सरेको घोषणा गरेका थिए । यस्तै कोरोनाकै कारण युरोकप २०२० पनि स्थगित भयो । अष्ट्रेलियामा हुने भनिएको विश्वकप टि–२० क्रिकेट पनि कोरोनाले प्रभावित बनायो । विम्बल्डन टेनिस पनि विश्व युद्धपछि पहिलोपटक रोकियो भने बिभिन्न म्याराथन, बास्केटबलमा खेल, ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय प्रतियोगिता यो बर्ष हुन सकेनन् ।

कोरोनाका कारण धेरै खेल हुन नसक्दा, भएका खेल पनि बिना दर्शक सञ्चालनमा आउँदा तथा खेल क्षेत्र आर्थिक रुपमा टाट पल्टँदा २०२० बिर्सन लायक नै रहयो । यद्यपि, कोरोनाले खेल क्षेत्रलाई केही महिना भन्दा धैरै ठप्प राख्न सकेन । युरोपका बिभिन्न देशमा घरेलु फुटबलको सुरुवात भयो भने छिमेकी देश भारतले कोरोना प्रभावकाबीच इण्डियन प्रिमियर लिग आईपीएल गरेर देखायो । बेलायतको प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मनको बुन्डेसलिगा, फ्रेन्च लिग वानलगायत युरोपका दर्जनौं देशमा कोरोना प्रभावकैबीच रोकिएको पुरानो सिजन सकेर नयाँ सिजन सञ्चालनमा आए । च्याम्पियन्स लिग फुटबल पनि कोरोना प्रभावकाबीच सम्पन्न भयो भने युरोपा लिग पनि सञ्चालन भयो । यो बर्ष खेलकुदमा ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनले व्यापकता पायो । राफेल नाडालले नोभाक जोकोभिचलाई हराएर कीर्तिमान १३ औं पल्ट फ्रेन्च ओपन जिते । लिभरपुलले ३० वर्षपछि प्रिमियर लिग जित्यो । सेभिल्लाले फेरि युरोपा लिग जित्यो । बेलायती लेविस ह्यामिल्टनले सातौं पटक फर्मुला वान विश्व च्याम्पियनसिपको किर्तिमानी हात पारे ।

नेपालले २०२० मै खेल्नुपर्ने विश्वकप छनोट फुटबल अन्तर्गत दोस्रो चरणका घरेलु खेल समयमै हुन सकेनन् । नेपालले खेल्ने विश्व क्रिकेट लिग डिभिज २ अन्तर्गतका खेल पनि २०२१ सम्मका लागि स्थगित भए । नेपालमै पनि कोरोना प्रभावकाबीच २०२० मा घरेलु खेलकुदको त्यतिधेरै चहलपहल रहेन ।

चलचित्र क्षेत्रका लागि कालो वर्ष:

कोरोनाका कारण वर्ष २०२० नेपाली चलचित्र क्षेत्रका लागि निकै खराब वर्ष सावित भयो । यस वर्ष रिलिज भएका केही चलचित्रले बक्स अफिसमा बलियो उपस्थिति जमाउन सेकनन् ।

विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेप्नुपर्योे । विश्वभरको चलचित्र जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने कुरै भएन ।

विभिन्न राजनीतिक, सामाजिक र प्राकृतिक संक्रमणपछि तंग्रिन खोजिरहेको नेपाली चलचित्र कोरोनाका कारण पुनस् थला पर्योा ।

कोरोनाका कारण वर्ष २०२० नेपाली चलचित्र क्षेत्रका लागि निकै खराब वर्ष सावित भयो । यस वर्ष रिलिज भएका केही चलचित्रले बक्स अफिसमा बलियो उपस्थिति जमाउन सेकनन् ।निर्माताले त्यसपछिका दिनमा जोखिम मोलेर चलचित्र रिलिजको आँट गरेनन् ।केही समयपछि त लकडाउन सुरु भयो र चलचित्र हल नै बन्द रहे ।

करिब ९ महिना बन्द भएका चलचित्र हल २०२० को अन्त्यमा अर्थात् डिसेम्बर २५ बाट संचालनमा आए । आमा र सेन्टिभाइरसु चलचित्रलाई पुनस् हलमा लगाइयो । र पनि दर्शक आएनन् । अहिले हल खुलेका छन्, तर दर्शक हलसम्म पुगेका छैनन् । निर्माता, वितरक, हलवाला, कलाकारदेखि प्राविधिकसम्मका लागि यो वर्ष निकै तनावयुक्त रह्यो ।निर्माता, वितरक र हलवालाले आर्थिक घाटा बेहोर्नुपर्यो् । कलाकरदेखि प्राविधिकसम्म बेरोजगार भए, उनीहरूलाई त झन् आर्थिक संकट नै आइपर्योल ।यो वर्ष त चलचित्र क्षेत्र त थला नै पर्योभ ।

डिजिटल प्लेटफर्म:

लकडाउनमा थुनिएर बसेका धेरै चलचित्रप्रेमी दर्शकहरूले डिजिटल प्लेटफर्मको प्रयोग गरेर चलचित्रहरू हेरेका छन् । लामो समय घर भित्र थुनिएर बस्दा उनीहरूले विभिन्न उत्कृष्ट चलचित्रहरू हेरिसकेका छन् ।

यसरी २०२० मा देशको हरेक क्षेत्रमा प्रभाव परे संगै व्यक्तिगत जीवनमा आएका राम्रा नराम्रा उतार चढावलाई पार गरेर अंग्रेजी नयाँवर्ष २०२१ लाई मंगलमय शुभकामना सहित स्वागत गरौं ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...