YouTube Link

अदालतदेखि प्रहरी प्रशासन ओली सरकारको इसारामा

Facebook Link
vision

यतिबेला विश्वभर कोरोन भाइरसको प्रकोपबाट त्रसित छ । नेपालमा भने कोरोना भाइरसभन्दा पनि राजनीति भाइरस हावी भएर देखा परेको छ । नेपालको सन्दर्भमा अदालतदेखि प्रहरी प्रशासन ओली सरकारको इसारामा छ । यति मात्र नभएर प्रेस अख्तियार अदालत प्रहरी सबै लाल झन्डा बनिरहेको छ कम्युनिस्ट सरकारको सति गएको र इसरामा चलेको अवस्था घाम जस्तै छर्लङ्ग छ । डाक्टर सुरेन्द्र यदवको अपरण र ओली सरकारले ल्याएको अध्यादेशले चौतर्फी आलोचना मात्र नभयर कम्युनिस्टभित्रकै देशभक्ति भाव भएका नेता कार्यकर्ता माथि निराशा छाएको छ र प्रधानमन्त्रीको राजीनामा समेत मगेका छ्न ।

कोभिड–१९ को अति आवश्यकीय उपकरण खरिदमा भएको चरम भ्रष्टाचार र बजार मुल्य भन्दा ७०औं गुणा महङ्गो खरिदमा देखिएको अनियमितता र चरम भ्रष्टाचारमा सरकारले खासै छानबिनको चासो नदेखाएर स्वास्थ मन्त्री र रक्षा मन्त्रीको नाममा अख्तियारमा उजुरी परेको छ । त्यसको अहिलेसम्म छानबिन भएको छैन । सत्ताको लोभले नेपालमा लकडाउन अझै जारी छ ।

नेपाली राजनीतिमा नौलो तरङ्ग पैदा भएको छ मलाई लग्छ पूर्वमन्त्री सहित भएका यादवमाथिको अपरण भनेको कम्युनिष्ट सरकारलाई सुनौलो तरङ्ग महशुस भईरहेको छ । अपरणकारीमथि न त छानबिन भएको छ न त पीडितले मुद्दा दर्ता गर्न पाएका छ्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहितले दर्ता प्रक्रिया प्रयास गर्दा पनि अदालत र प्रहरीले मुद्दा लिन मानेन् भने हामी जस्ता सामान्य नागरिकको यो देशमा कसरी सुनुवाई होला यो पनि एक ठूलो चिन्ताको विषय बनेको छ नेपालको अदालत के साँच्चिकै जनताको धारणा बुझ्ने र जनताको अधिकारलाई सुनिश्चित नगर्ने हो भने जनतामाथिको शान्ति सुरक्षा दिने यो देशमा अरु निकाय कहाँ भेटिएलान र ? अरु सबै निकाय सरकारको इसरामा चलेपनि अदालत र नेपाल प्रहरीले भने आफ्नो सोच्छ दायित्व गहन गर्नु उहाँको धर्म हो ।

जो–जस्को सरकार भएतापनि यी दुई निकायले स्वतन्त्र हुन आबश्यक छ । यदि स्वभिमान सहितको समृद्धि चाहने हो भने नेपाल भर्खरै ठुलो राजनीतिक परिवर्तन पछिको संक्रमणकालबाट गुज्रिरहेको छ । यो राजनीतिक संक्रमणकालमा राज्यासंस्था कमजोर हुने र बिधि र बिधानको शासना सहि ढंगले कार्यन्वयन नहुने हो भने ठुलो दुर्घटना हुने सम्भावना अझै जारी छ । यी आदि कारणबाट भष्टचार मौलाउने र सरकार मुखदर्शक बन्ने हो भने संबैधानिक ब्यबस्था झन कमजोर हुन्छ ।

लोककल्याणकारी राज्य परोपकारी नगरीको सपना नदेख्दा हुन्छ । सार्बभौमसत्ता सम्पन्न राज्यमा सार्बभौम नागरिकमाथि राजनीतिकरणको दुरी बढाइयो भने कोभिड–१९ सितको लडाइ र साझ चुनौतीलाई सामना गर्न सकिएला जस्तो लाग्दैन । क्रप्सन र राजनीतिक भाइरस भनेकै समाजका प्रमुख समस्या हुन । कोरोना विरुद्ध लडनको लागि राज्यले धेरै ठुलो प्रयास गरिरहेको छ । तर भ्रष्टाचार जस्ता व्यथितिले रोग विरुद्ध लड्न सकिरहेको छैन । कोभिड–१९ को अति आवश्यकीय उपकरण खरिदमा भएको चरम भ्रष्टाचार र बजार मुल्य भन्दा ७०औं गुणा महङ्गो खरिदमा देखिएको अनियमितता र चरम भ्रष्टाचारमा सरकारले खासै छानबिनको चासो नदेखाएर स्वास्थ मन्त्री र रक्षा मन्त्रीको नाममा अख्तियारमा उजुरी परेको छ । त्यसको अहिलेसम्म छानबिन भएको छैन । सत्ताको लोभले नेपालमा लकडाउन अझै जारी छ । तर मजदुरको भोको पेट र दैनिकिमा कुनै प्राथमिकता छैन । जनतामा बिभेत मात्र छ ।

नेपाली जनतालाई समृद्धि र सुखी नेपालीको लक्ष्यमा पुर्याउने महत्वपूर्ण आधार भनेकै शिक्षा र स्वास्थ हो । जबसम्म सरकारले देशभर एकै स्थरको अनलाइन होस वा अन्य कुनै मार्गबाट होस शिक्षा र स्वास्थ गुणस्तर उपलब्ध गराउन सक्दैन तबसम्म धानी र गरिब बिचको खाडल झन–झन गहिरिदै जान्छ त्यसैले बलियो स्थायी राजनीतिक अबसरलाई सदुपयोग गर्नकै लागि पनि शिक्षा स्वास्थ सेवालाई सबल पार्ने अतेन्तै जरुरी छ । गुणस्तरीय र सैद्धान्तिक र प्राबिधिक शिक्षाले नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा पुर्याउन सक्ने भएकाले शिक्षा र स्वास्थ सरकारको पहिलो दाहित्व हो । स्वच्छ राजनीतिका साथ अघिबडन सरकारलाई अपिल छ ।

(लेखक नेविसंघ सिटिइभिटी समन्वय केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...