देउवाले यसकारण बोलाए कांग्रेस पोखराका नेतालाई काठमाडौं
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:१३
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कास्कीका नेताहरुलाई काठमाडौ बोलाएका छन् ।
पोखरा महानगरपालिकामा आगामी निर्वाचनको मेयरका लागि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले आ-आफ्नो अडान नछोडेका कारण अहिलेसम्म निर्णय हुन सकेको छैन ।
कांग्रेसले आफूलाई नछोडे समाजवादीले एमालेसँग तालमेल गर्ने चेतावनी दिएपछि एकाएक झस्किएका पार्टी सभापति देउवाले नेपाली कांग्रेस कास्कीका नेताहरुलाई काठमाडौ बोलाएका छन् ।
कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादी बाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।
यसरी हेर्दा गठबन्धन नै टुट्न सक्ने अवस्था आएपछि देउवाले उनीहरुलाई छलफलका लागि काठमाडौ बोलाएका हुन ।
प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौँ हिँडेका छन् ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:१३