YouTube Link

थप २० जनामा कोरोना पुष्टिसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुग्यो, सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८६५

Facebook Link

काठमाडौं: गण्डकी प्रदेशका स्याङ्जा र नवलपरासी (सुस्ता पूर्व) मा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयल, गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जामा १२ र नवलपरासीमा ८ जना संक्रमित थपिएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहका क्वारिन्टनमा बसेका उनीहमा कोरोना पुष्टि भएसँगै सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो ।

पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो प्रदेशमा हालसम्म १० हजार ७ सय २३ जनाको पिसिआर बिधिबाट जाँच गरिएका मध्ये ९ हजार ७ सय १६ जनाको नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । हालसम्म अछाममा ६०, बैतडीमा १ सय ४१, बझाङ्गमा १८, बाजुरामा ७१, डडेल्धुरामा १ सय ८६, दार्चुलामा १२, डोटीमा १ सय ५०, कैलालीमा २ सय ६८, कञ्चनपुर ९९ गरी कूल १ हजार ७ जना संक्रमित फेला परेका छन् ।

आरडिटी बिधिबाट ९२ हजनर ४ सय २६ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा २६ हजार ८ सय १५ पुरुष र ६ हजार ३ सय ७७ जना महिला रहेका छन् । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४२ र संक्रमित १ सय ६ गरी १ सय ४८ जनाको उपचार भइरहेको छ । ४ सय ८७ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा ११, टिकापुरमा २६, महाकालीमा १८, अछाममा १०, बाजुरामा २, डडेल्धुरामा ७ र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...