Health Ad
YouTube Link

पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्ने

Khanepani Dhal
Facebook Link

गोरखा: राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।

नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।

‘गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हुँदै पदयात्रा शुरु हुन्छ’, उनले भने, ‘गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छौँ ।’

तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...