YouTube Link

उमाकुण्डमा निर्माण व्यवसायी संघ गठन {फोटो फिचर}

Facebook Link

रामेछाप प्रितीः रामेछाप उमाकुण्ड गाउँपालिकामा पालिकास्तरीय तदर्थ निर्माण व्यवसायी संघ गठन भएको छ ।

कात्तिक १५ गते गठन भएको व्यवसायी संघका जेष्ठ व्यवसायी एवं समाजसेवी झपडराज भण्डारीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन भएको हो ।

नव गठित तदर्थ समितिमा विजय सुनुवारको अध्यक्षमा ११ जना व्यवसायी संघ गठन भएको छ । जसमा रमेश बस्नेत (उपाध्यक्ष), प्रदिप बस्नेत (सचिव), कैलाश श्रेष्ठ (सह-सचिव), तोरण बहादुर सुनुवार (कोषाध्यक्ष) रहेका छन् भने सदस्यहरुमा पेम्बा शेर्पा, महेश भण्डारी, नेत्र बहादुर सुनुवार, काजी लामा शेर्पा, बाबुराम कटुवाल, लिला कुमार श्रेष्ठ लगायतका गरी ११ जनाको समिति गठन भएको हो ।

उमाकुण्ड निर्माण व्यवसायी संघका नव गठित तदर्थ समितिले आवश्यक परामर्श र कागजात सहित राष्ट्रिय निर्माण व्यवसायी संघ, जिल्ला निर्माण व्यवसायी संघ र उमाकुण्ड गाउँपालिकाको कार्यालयलाई जानकारी गराई आवश्यक परामर्श सहितको कार्य गर्ने समेत निर्णय गरेको छ ।

संघले निर्माण तथा अन्य विषयवस्तुमाथि सरोकारवालासँग छलफल र समन्वयन गर्नका लागि यहि कात्तिक २४ गते गाउँपालिकासँग बैठक बसी आवश्यक छलफल गर्ने पनि निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि उमाकुण्ड गाउँपालिकाका प्रमुख शेर बहादुर सुनुवारले तदर्थ समितिलाई शुभ-कामना दिँदै देश विकास तथा स्थानीय स्तरको विकासका लागि निर्माण व्यवसायी संघ र सरकार अभिन्न अंग भएकोले नछुट्ने गरी विकास निर्माणका लागि आफूले जस्तोसुकै अवस्थामा पनि साथ सहयोग दिने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रमका अतिथि प्रशाकीय अधिकृत ईश्वरी प्रसाद सुवेदीले निर्माण व्यवसायीमा आबद्ध उमाकुण्ड गाउँपालिकाका नव गठित तदर्थ समितिका पदाधिकारी लगायत सम्पूर्ण व्यवसायीलाई शुभ-कामना दिँदै विकास निर्माणका लागि सौहार्द वातावरणमा एकीकृत भई उमाकुण्ड गाउँपालिकाका लागि विकास निर्माणका निम्ती राम्रो कामको थालनी भएको बताए ।

कार्यक्रमका सभापति झपडराज भण्डारीले निर्माण व्यवसायी संघ गठनका लागि संविधानमा व्यवस्था भए अनुसार केन्द्रीय, प्रदेश र पालिकास्तरीय गरी तीन तहकै सरकारमा गठन हुने भएकोले उमाकुण्ड गाउँपालिकामा पनि निर्माण व्यवसायी संघ गठन भएकोमा तदर्थ समितिका पदाधिकारी लगायत निर्माण व्यवसायीमा आवद्ध व्यवसायीहरुलाई आगामी दिनमा एक्यवद्धता जनाउँदै काम गर्नका लागि बधाई तथा शुभ-कामना व्यक्त गरे ।

यसैबीच कार्यक्रमका अतिथि उमाकुण्ड गाउँपालिकाका सात वटै वडाको प्रतिनिधित्व गरी शुभ-कामना दिँदै वडा नम्बर ३ का अध्यक्ष रमेश कुमार सुनुवारले निर्माण व्यवसायीका नव गठित पदाधिकारीहरुलाई विकासका निम्ति सिंगो उमाकुण्ड गाउँपालिकालाई अगाडि बढाउने सवालमा स्थानीय सरकारसँग समन्वय गरेर यहाँका निर्माणका कुराहरुलाई हाम्रो निर्माण व्यवसायी संघ छ है भन्ने कुरामा यो तदर्थ समितिले विशेष जिम्मेवारी निर्वाह गर्दै अगाडि बढ्नु पर्ने सुझाए ।

उमाकुण्ड गाउँपालिकाका सातै वडाका निर्माण कम्पनी यस प्रकार छन्:-

वडा नम्बरः- १
१. बिर्खेश्वर कन्ट्रक्सन प्रा.लि. (पेम्बा शेर्पा)
२. शेर्पा कन्ट्रक्सन प्रा.लि. (दोर्जी शेर्पा)
३. बस्नेत बिल्डक्स प्रा.लि. (बिष्णु बस्नेत)
४. उमा तिर्थ कन्ट्रक्सन प्रा.लि. (पुष्प बस्नेत)
५. बस्नेत बिल्डर्स (सुरज बस्नेत)
६. महालाल कन्ट्रक्सन प्रा.लि. (गेलु/साम्तेन)
७. हिमगंगा कन्ट्रक्सन प्रा.लि. (हरिराम कार्की)
८. डिलाईट कन्ट्रक्सन प्रा.लि. (पेम्बा गेलु शेर्पा)
९. थोदुङ्ग कन्ट्रक्सन प्रा.लि. (आक्षीमा शेर्पा)
१०. छिरिङ्ग कन्ट्रक्सन प्रा.लि. (छिरिङ्ग शेर्पा)
११. आर्क स्पेस विल्डर्स एण्ड डेभलपर्स प्रा.लि. (प्रदिप बस्नेत)

वडा नम्बरः- २
१. एन एस कन्ट्रक्सन प्रा.लि. (दोर्जी शेर्पा)
२. ग्रिडील कन्ट्रक्सन प्रा.लि. (काजी शेर्पा)
३. मिजार कन्ट्रक्सन प्रा.लि. (डेण्डी शेर्पा)
४. पी.आर. निर्माण सेवा प्रा.लि. (दिनेश कार्की/प्रदिप बस्नेत)
५. लक्ष्मी निर्माण सेवा प्रा.लि. (खम्बध्वज बस्नेत)
६. डाईमन कन्ट्रक्सन प्रा.लि. (झोछु शेर्पा)
७. प्रकृति निर्माण सेवा प्रा.लि. (रोकुट बहादुर बस्नेत)

वडा नम्बरः- ३
१. बंगलामुखी निर्माण एण्ड सप्लायर्स प्रा.लि. (विजय सुनुवार)
२. लिखु आर.बी.एस. (बाबुराम कटुवाल)
३. पि.के. कन्ट्रक्सन प्रा.लि. (विष्णु दाहाल)
४. बाबा जी कन्ट्रक्सन प्रा.लि. (बासुदेव घिमिरे)
५. ओम वालाजी मल्टी प्रपोज प्रा.लि. (सुमन/पुरुषोत्तम)
६. डस ईन्भेष्टमेन्ट प्रा.लि. (दुर्गा सापकोटा)
७. जि. बि. कन्ट्रक्सन प्रा.लि. (शिव सुनुवार)
८. साना कन्ट्रक्सन प्रा.लि. (फूर्वा नाम्गेल शेर्पा)

वडा नम्बरः- ४
१. लुम्बुर हिमाल कन्ट्रक्सन प्रा.लि. (लिला श्रेष्ठ)
२. प्रिती निर्माण सेवा प्रा.लि. (झपडराज भण्डारी)
३. पाईक कन्ट्रक्सन प्रा.लि. (अमृत तामाङ)
४. उमाकुण्ड निर्माण सेवा प्रा.लि. (रमेश बस्नेत)
५. माउन्ट कैलाश विल्डर्स एण्ड सप्लायर्स (कैलाश श्रेष्ठ)

वडा नम्बरः- ५
१. गौरीशंखर हिमालय कन्ट्रक्सन प्रा.लि. (पेमा गेली मोक्तान)
२. उमाकुण्ड लिखु विल्डर्स एण्ड सप्लायर्स प्रा.लि. (महेश भण्डारी)
३. प्रिती कन्ट्रक्सन प्रा.लि. (मधु कुमार सुनुवार)
४. प्रिती गलम कन्ट्रक्सन प्रा.लि. (मान बहादुर तामाङ)
५. सूर्य विनायक हाउजिङ प्रा.लि. (कविराज कार्की)
६. प्रिती चण्डेश्वरी कन्ट्रक्सन प्रा.लि. (याम बहादुर सुनुवार)
७. जे.बि.जे. कन्ट्रक्सन एण्ड सप्लायर्स (अकवर सुनुवार)

वडा नम्बरः- ६
१. ताँबे निर्माण सेवा प्रा.लि. (नेत्र बहादुर सुनुवार)
२. सएम कन्ट्रक्सन प्रा.लि. (सुशिल श्रेष्ठ)

वडा नम्बरः- ७
१. सुनुवार कन्ट्रक्सन प्रा.लि. (तोरण सुनुवार)
२. नमसेवल नाचेरेरे कन्ट्रक्सन प्रा.लि. (सरोज कुमार सुनुवार)
३. कोंईच भूजि कन्ट्रक्सन एण्ड सप्लायर्स (वेद बहादुर सुनुवार)
४. अनमोल श्रेष्ठ कन्ट्रक्सन प्रा.लि. (श्याम कुमार श्रेष्ठ)

 

 

 

 

 

 

 

 

 

तस्वीरः सुजन सुनुवार

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...