YouTube Link

प्रचण्डले टाउको हल्लाउदा माधवलाई झस्को

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा कर्णाली प्रकरण सेलाउन नपाउँदै फेरि मन्त्रीपरिषद हेरफेरको प्रकरणले पार्टीभित्र उग्र रुप लिने अवस्था आएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि गएको हप्ता त्यो विषयले प्रदेशलाई मात्र असर पारेन । बालुवाटार र धुम्बाराहीलाई समेत विलखबन्धमा पार्यो ।

कर्णालीको विषयमा थप छलफलका लागि मुख्यमन्त्री शाही सहितका नेताहरुलाई काठमाडौं बोलाईएको छ । उनीहरु भोली शुक्रबार काठमाडौ टेक्नेछन् र छलफलमा सहभागी हुनेछन् । निष्कर्ष छलफलपछि नै थाहा हुनेछ ।

पार्टीभित्र तेस्रो धारको रुपमा रहेका नेता नेपालले प्रचण्डले कतै ओलीसँग मिलेर आफूलाई वायस त गरेका होईनन् भनेर झस्किएको हल्ला पार्टीभित्र चल्न थालेको छ ।

अहिले फेरी अर्को विषयले नेकपामा हंगामा मच्चाएको छ । त्यो मन्त्रीमण्डल पुर्नगठन । हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा आफ्ना विश्वासपात्रका रुपमा रहेका नेताहरुलाई मन्त्री नियुक्त गरेका छन् ।

अर्थमा पार्टी महासचिव समेत रहेका विष्णु पौडेललाई नियुक्त गरेका छन् । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लीललानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् भने संचार सूचना तथा प्रविधि मन्त्रलायको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् । गुरुङ यसअघि श्रेष्ठले सम्हाल्न लागेका मन्त्रालयमा थिए ।

त्यस्तै उपप्रधान तथा रक्षा मन्त्री रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको जिम्मा दिईएको छ । यसरी पछिल्लो पटक मन्त्रीपरिषद पुर्नगठन गर्दा पार्टी अध्यक्ष समेत रहेका ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) लाई सुईको दिए पनि आफूलाई कुनै जानकारी नदिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल रुष्ट हुन पुगेका छन् ।

हिजो पार्टी अध्यक्षद्वयको लामो छलफलपछि मन्त्रीमण्डल पुर्नगठन भएको थियो । मन्त्रीमण्डल पुर्नगठनका सन्दर्भमा अध्यक्ष प्रचण्डले अर्थ मन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्न सहमति जनाएपनि अरु मन्त्रालय खाली राख्ने मनस्थिति बनाएका थिए ।

तर ओलीले बैठक सकिने बित्तिकै मन्त्रीको नामको सिफारिस राष्ट्रपति कार्यालयमा साँझ पठाए । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त पनि गरे । यसले पार्टीभित्र अर्को तरंग पैदा गराएको छ ।

सबै कुरा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने भनिएपनि अहिले प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्ने गरेका छन् । हुन पनि जुनसुकै संगठनमा अध्यक्ष हावी हुने नै भयो । त्यही अधिकार प्रयोग गरिरहेका छन् अहिले ओली ।

यसको पिरलो सबैभन्दा बढी बरिष्ठ नेता नेपाललाई परेको छ । कारण हो पुर्नगठित मन्त्रीमण्डलमा आफ्नो मान्छे मन्त्री नहुनु ।

त्यति मात्र होईन कर्णालीकाण्डमा प्रधानमन्त्रीसँग कुरा गर्नुअघि आफूसँग छलफल गरेका प्रचण्डले मन्त्रीमण्डल पुर्नगठनको विषयमा जानकारी नदिएपछि प्रचण्डसँग नेपाल तरंगित भएका छन् ।

तरंगित नहुन पनि कसरी पार्टीको हरेक एजेण्डामाथि छलफल गर्नुपर्दा पार्टी अध्यक्ष प्रचण्डले नेपालसँग छलफल र सहकार्य गर्ने गरेका थिए । तर यो विषयमा प्रचण्डले कुनै छलफल गरेनन् । यसरी प्रचण्डले आफूसँग छलफल नगरेपछि प्रचण्डले आफ्नो साथ छोडेको हो कि भन्ने आशंका बरिष्ठ नेता नेपालले गर्नु स्वभावजन्य देखिन्छ ।

पार्टीभित्र तेस्रो धारको रुपमा रहेका नेता नेपालले प्रचण्डले कतै ओलीसँग मिलेर आफूलाई वायस त गरेका होईनन् भनेर झस्किएको हल्ला पार्टीभित्र चल्न थालेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...