YouTube Link

नेपाल प्रहरीमा डिआईजीका लागि लाईनमा जुनियर लाग्दा सिनियर शशंकित !

World Cup 2026
Facebook Link

काठमाडौं : हरेक वर्ष नेपाल प्रहरीले आफ्नो स्थापना दिवसका अवसरमा ब्याटन पुरस्कार दिने गरिए पनि यस वर्ष त्यो कार्यक्रम नहुने भएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण यस वर्ष दिवसको रौनकता प्रभावित बनेको छ । नेपाल प्रहरीभित्र विगत सात महिनाको अवधिमा धेरै संख्यामा कोरोना संक्रमितहरु भेटिएका थिए ।

नेपाल प्रहरीले हरेक वर्ष असोज ३० गते प्रहरी दिवस मनाउँदै आएको छ । आफ्नो संगठनको स्थापना दिवस नजिक आईरहँदा नेपाल प्रहरीका अधिकृतहरु भने आफ्नो सरुवा र बढुवाका लागि विभिन्न शक्ति केन्द्रमा धाउनमा ब्यस्त छन् ।

संगठनको काम र कर्तब्यभन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा लाग्दा संगठनको काममा असर पुग्ने गरेको छ । यसतर्फ प्रहरी अधिकारीहरुले ध्यान दिएको पाईदैन । गृहमन्त्रालयले प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गरेको छ ।

दरबन्दी थपसँगै बढुवा हुनको लागि प्रहरी अधिकारीहरु शक्तिकेन्द्रमा धाउन थालेका हुन् । डिआईजीमा बढुवामा हुनका लागि सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा रहेका छन् ।

प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषदमा अड्किएका कारण प्रहरीको बढुवा पनि रोकिएको छ । सर्वेक्षणमा प्रहरीमा ५ वटा दरबन्दी थप्ने प्रस्ताव छ । हाल चार डिआईजीको दरबन्दी खाली छ । सो दरबन्दी थपिएपछि ९ हुनेछ ।

दरबन्दी थपसँगै बढुवा हुनको लागि प्रहरी अधिकारीहरु शक्तिकेन्द्रमा धाउन थालेका हुन् । डिआईजीमा बढुवामा हुनका लागि सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा रहेका छन् ।

बढुवाका लागि एसएसपीहरु पुरुषोत्तम कंडेल, राजेशकुमार लाल कर्ण, गणेशबहादुर ऐर, दिलीपकुमार चौधरी, उमेश रन्जितकार, देवबहादुर बोहरा, रामकृपाल साह, प्रकाश अधिकारी, किशोरकुमार दाहाल, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ अहिले दौडधुपमा रहेका छन् ।

एक वर्षअघि एक महिलामाथि बलात्कार आरोप लागेका एसएसपी शौरभ राणा भने बढुवामा पर्ने सम्भावना नरहेको बताईन्छ । त्यसैगरी जुनियर ब्याचबाट पुजा सिंह, मोहनकुमार आचार्य, दिवेश लोहनी, सुशिलकुमार यादव, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, बिक्रमबहादुर चन्द र नरबहादुर खत्रीलगायत रहेका छन् ।

उता जुनियर ब्याचबाट दीपक थापा, सन्दीप भण्डारी लगायतले पनि लबिङ थालेपछि सिनियरहरु आत्तिन र सशंकित हुन् थालेका छन् । पहिलाको नजिरले गर्दा उनीहरु डराएका हुन । यसअघि ब्याच नै मिचेर बढुवा गर्ने परम्परा जस्तै हुन पुगेको थियो । त्यसलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिर्छन कि चिर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

बढुवासँगै सरुवाको पनि तयारी भईरहेको छ । आकर्षक ठाउँमा पोष्टिङ हुनको लागि पनि प्रहरी अधिकारीहरु लागि परिरहेका छन् । उपत्यकामा ललितपुर परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्रहरी कार्यालयमा जानको लागि आ-आफ्नै लविङमा प्रहरी अधिकारीहरु लागेको श्रोतको दाबी छ ।

यसका साथै सातै प्रदेशका तालिम केन्द्रका इन्चार्जहरुको पनि सरुवा गर्ने गरी गृहकार्य अगाडी बढिरहेको श्रोतले बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...