Rajshow Bivag

नेपाल प्रहरीमा डिआईजीका लागि लाईनमा जुनियर लाग्दा सिनियर शशंकित !

Departmant of helth services

काठमाडौं : हरेक वर्ष नेपाल प्रहरीले आफ्नो स्थापना दिवसका अवसरमा ब्याटन पुरस्कार दिने गरिए पनि यस वर्ष त्यो कार्यक्रम नहुने भएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण यस वर्ष दिवसको रौनकता प्रभावित बनेको छ । नेपाल प्रहरीभित्र विगत सात महिनाको अवधिमा धेरै संख्यामा कोरोना संक्रमितहरु भेटिएका थिए ।

नेपाल प्रहरीले हरेक वर्ष असोज ३० गते प्रहरी दिवस मनाउँदै आएको छ । आफ्नो संगठनको स्थापना दिवस नजिक आईरहँदा नेपाल प्रहरीका अधिकृतहरु भने आफ्नो सरुवा र बढुवाका लागि विभिन्न शक्ति केन्द्रमा धाउनमा ब्यस्त छन् ।

संगठनको काम र कर्तब्यभन्दा पनि आफ्नो ब्यक्तिगत स्वार्थमा लाग्दा संगठनको काममा असर पुग्ने गरेको छ । यसतर्फ प्रहरी अधिकारीहरुले ध्यान दिएको पाईदैन । गृहमन्त्रालयले प्रहरी दिवस लगत्तै एसएसपीको सरुवा र बढुवा गर्ने तयारी गरेको छ ।

दरबन्दी थपसँगै बढुवा हुनको लागि प्रहरी अधिकारीहरु शक्तिकेन्द्रमा धाउन थालेका हुन् । डिआईजीमा बढुवामा हुनका लागि सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा रहेका छन् ।

प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण मन्त्रिपरिषदमा अड्किएका कारण प्रहरीको बढुवा पनि रोकिएको छ । सर्वेक्षणमा प्रहरीमा ५ वटा दरबन्दी थप्ने प्रस्ताव छ । हाल चार डिआईजीको दरबन्दी खाली छ । सो दरबन्दी थपिएपछि ९ हुनेछ ।

दरबन्दी थपसँगै बढुवा हुनको लागि प्रहरी अधिकारीहरु शक्तिकेन्द्रमा धाउन थालेका हुन् । डिआईजीमा बढुवामा हुनका लागि सिनियर ब्याचकै २० जना एसएसपी प्रतिस्पर्धामा रहेका छन् ।

बढुवाका लागि एसएसपीहरु पुरुषोत्तम कंडेल, राजेशकुमार लाल कर्ण, गणेशबहादुर ऐर, दिलीपकुमार चौधरी, उमेश रन्जितकार, देवबहादुर बोहरा, रामकृपाल साह, प्रकाश अधिकारी, किशोरकुमार दाहाल, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ अहिले दौडधुपमा रहेका छन् ।

एक वर्षअघि एक महिलामाथि बलात्कार आरोप लागेका एसएसपी शौरभ राणा भने बढुवामा पर्ने सम्भावना नरहेको बताईन्छ । त्यसैगरी जुनियर ब्याचबाट पुजा सिंह, मोहनकुमार आचार्य, दिवेश लोहनी, सुशिलकुमार यादव, नलप्रसाद उपाध्याय, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, बिक्रमबहादुर चन्द र नरबहादुर खत्रीलगायत रहेका छन् ।

उता जुनियर ब्याचबाट दीपक थापा, सन्दीप भण्डारी लगायतले पनि लबिङ थालेपछि सिनियरहरु आत्तिन र सशंकित हुन् थालेका छन् । पहिलाको नजिरले गर्दा उनीहरु डराएका हुन । यसअघि ब्याच नै मिचेर बढुवा गर्ने परम्परा जस्तै हुन पुगेको थियो । त्यसलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिर्छन कि चिर्दैनन् त्यो भने हेर्न बाँकी छ ।

बढुवासँगै सरुवाको पनि तयारी भईरहेको छ । आकर्षक ठाउँमा पोष्टिङ हुनको लागि पनि प्रहरी अधिकारीहरु लागि परिरहेका छन् । उपत्यकामा ललितपुर परिसर, महानगरीय ट्राफिक प्रहरी महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्रहरी कार्यालयमा जानको लागि आ-आफ्नै लविङमा प्रहरी अधिकारीहरु लागेको श्रोतको दाबी छ ।

यसका साथै सातै प्रदेशका तालिम केन्द्रका इन्चार्जहरुको पनि सरुवा गर्ने गरी गृहकार्य अगाडी बढिरहेको श्रोतले बताएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...