विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि हिमालय एअरलाइन्सको नयाँ उडान तालिका सार्वजनिक
वि.सं.२०७७ असार १८ बिहीवार ०८:२१
1.1K
shares
काठमाडौं: हिमालय एअरलाइन्सले विभिन्न देशबाट नेपालीलाई स्वदेश फर्काउनका लागि जुलाई महिनामा हुने चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फर्काउनका लागि जुलाई २ देखि १० सम्मको उडान निर्धारण गरिएको एअरलाइन्सले जनाएको छ ।
हिमालयले आज माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान भर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान भर्ने तालिका रहेको एअरलाइन्सले जनाएको छ ।
हिमालयको उडान मार्फत स्वदेश फर्कने यात्रुले कोरोना भाइसको पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण टिकट बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरिएको छ ।
वि.सं.२०७७ असार १८ बिहीवार ०८:२१




















