६० प्रहरी निरीक्षकहरु प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस
वि.सं.२०७७ जेठ ५ सोमवार १४:४२
1.5K
shares
काठमाडौं: नेपाल प्रहरीका ६० प्रहरी निरीक्षकहरु प्रहरी नायब उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिले जनपदतर्फ बढुवा गर्ने निर्णय गर्दै सूची सार्वजनिक गरेको हो ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा रहेको बढुवा समितिले पहिलो नम्बरमा पृथ्वीनारायण ओली र दोस्रो नम्बरमा केदारराज पन्तलाई सिफारिस गरेको छ । समितिमा गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य सदस्य र एआईजी शैलेश थापा सदस्य सचिव छन् ।
वि.सं.२०७७ जेठ ५ सोमवार १४:४२



















