YouTube Link

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

Facebook Link

काठमाडौं: मोरङ, ललितपुर, बाँके, सर्लाही, सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मोरङ, सुन्दरहरैचा-५ स्थित सडकमा को.१ त ९०९५ नम्बरको ट्याक्टरबाट बुधबार साँझ लडेर गम्भीर घाइते भएका सहचालक ईटहरी-२ बस्ने २० वर्षीय भिमबहादुर परियारको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, बागमती गाउँपालिका-३ छेपलीस्थित सडकमा बा. ४१ प ८१७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ डेरा गरी बस्ने सर्लाहीका ३७ वर्षीय प्रेमकुमार यादवको धापाखेलस्थित सुमेरु अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२१ पुरैनी बस्ने ५५ वर्षीय नन्कौ राईले चलाएको भे.५ प ३३५२ नम्बरको मोटरसाइकलले बुधबार साँझ सोही ठाउँस्थित सडकमा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही स्थान बस्ने अब्दुल शेखको ४ वर्षीय छोरा अजानशेखको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालक फरार रहेकोले प्रहरीले खोजि गरिरहेको छ ।

सर्लाही, गोडैता नगरपालिका-३ भगबतीपुरस्थित भित्री सडकखण्डमा बिआर ३० पि ९९१८ नम्बरको ट्याम्पु बिहीबार बिहान पल्टिएर दुर्घटना हुँदा ट्याम्पुमा सवार भारत सितामढी बस्ने ६२ वर्षीय बिजेन्द्र महतोकोघटनास्थलमै मृत्यु भएको छ । ट्याम्पु नियन्त्रणमा लिईफरार चालककोप्रहरीले खोजि गरिरहेको छ ।

सुनसरी, ईटहरी नरपालिका-५ महेन्द्र राजमार्गमा ना.७ ख ७७३१ नम्बरको सवारी साधनले बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री ईटहरी उपमहानगरपालिका-८ बस्ने ७२ वर्षीय धनबहादुर भण्डारीको एपेक्स हस्पिटलबाट थप उपचारको लागि धरान घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...