YouTube Link

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित चार जना पक्राउ

Facebook Link

काठमाडौं: मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ३२ किलो लागूऔषध गाँजा सहित भारत बिहार मुजाफपुर बस्ने २६ वर्षीय राम कुमार यादवलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बिआर २९७५६५ नम्बरको भारतीय गाडी जाँच गर्ने क्रममाफल्स बटम बनाई डिजेल ट्याङ्की र पछाडिको नम्बर प्लेट माथि लुकाईछिपाई लैजाँदै गरेको उक्त लागूऔषध फेला पारी गाडी चालक यादवलाई पक्राउ गरेको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-१ स्थित हुलाकी सडकखण्डबाट भारत मधुबन्नी, माधवपुर बस्ने १७ वर्षीय उज्वल कुमार यादब समेत २ जनालाई लागूऔषध बाईलेस बिसि १ सय एमएलको २० बोतल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्टभगवानपुरबाट खटिएको प्रहरीले बिआर ३२ एफ १५७४ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा कपडामा पोको पारी ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-८ भण्टावारीबाट भोजपुर वास्तिम-४ घर भएका ३५ वर्षीय भरिमान राई लागूऔषध डाईलेक्स डिसी२२ बोतल, नाइट्रोजन १ सय ट्याब्लेट रस्पामो प्रोक्सोभन १ सय ९२ क्याप्सुल सहित बुधबार बिहान पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलनेपाल आउट पोष्ठ भाण्टावारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाटनेपालतर्फ लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी भण्टाबारीमा बुझाएको हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

काठमाडौंको भृकुटीमण्डपमा आज ९ पार्टीबीच एकताको घोषणा

काठमाडौंको भृकुटीमण्डपमा आज ९ पार्टीबीच एकताको घोषणा

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:३६

काठमाडौं: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा...

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:१२

काठमाडौं: नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी...

भारतीय सैनिकहरूले गरेको कब्जा र उत्पीडनको एक कालो अध्याय

भारतीय सैनिकहरूले गरेको कब्जा र उत्पीडनको एक कालो अध्याय

वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १२:०९

काठमाडौं: नेपालस्थित पाकिस्तानी दूतावास, काठमाडौंले 'कश्मीर-कब्जामा परेका मानव तथा आर्थिक...