प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारको निर्णय
वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:२०
3K
sharesकाठमाडौं: प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारले निर्णय गरेको छ । नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा बैसाख १९ गतेभित्र तोक्न आह्वान गरिएको अवस्थामा सरकारले राजधानीको माग गरिरहेको धनकुटामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकबाट साविकको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटामा अवस्थित क्षेत्रीय प्रशासन कार्यालयमै रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले कानुन मस्यौदा सुझाव समितिको म्याद थप गर्ने, कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धी कार्यविधि २०७६ लाई स्विकृति प्रदान गर्ने, प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने, प्रदेश नम्बर एक जाँचबुझ तथा अनुसन्धान आयोगको गठन गर्न बनेको विधेयक २०७६ को अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने जस्ता निर्णय पनि भएको छ ।
वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:२०