Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर प्रतियोगिताबाट बाहिरियो

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा गएराति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो ।

वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहदा पुन पानी परेपछि खेल रद्द भएको हो । वर्षाले खेल रोकिनुअघि राजस्थानले ३ ओभर २ बलमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले २८ रन बनाएका थिए । यस्तै लियाम लिभिङस्टोन ११ रनमा अविजित रहेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे । बैंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । श्रेयसले पहिलो ओभरको चौंथो बलमा कोहली, पाँचौमा भिलियर्स र अन्तिम बलमा मार्कुस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए ।

राजस्थानसंगको खेल रद्द भएसंगै बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर यस सिजनको आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । पुछारको बैंगलोरको १३ खेलबाट ९ अंक रहेको छ । राजस्थानको भने प्ले अफ सम्भावना कायम रहेको छ । राजस्थानले १३ खेलबाट ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...