YouTube Link

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर प्रतियोगिताबाट बाहिरियो

Facebook Link

काठमाडौं: भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीचको खेल रद्द भएको छ । बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा गएराति वर्षाले खेल प्रभावित गरेपछि बैंगलोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको हो ।

वर्षाको कारण ५ ओभरमा घटाईएको खेलमा बैंगलोरले दिएको ६३ रनको लक्ष्यसहित राजस्थानले ब्याटिङ गरिरहदा पुन पानी परेपछि खेल रद्द भएको हो । वर्षाले खेल रोकिनुअघि राजस्थानले ३ ओभर २ बलमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले २८ रन बनाएका थिए । यस्तै लियाम लिभिङस्टोन ११ रनमा अविजित रहेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर ५ ओभरमा ७ विकेट गुमाएर ६२ रन जोडेको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले १० रन जोडे । बैंगलोरविरुद्ध राजस्थानका श्रेयस गोपालले ह्याट्रिक विकेट लिए । श्रेयसले पहिलो ओभरको चौंथो बलमा कोहली, पाँचौमा भिलियर्स र अन्तिम बलमा मार्कुस स्टोनिसलाई आउट गर्दै ह्याट्रिक विकेट पुरा गरेका थिए ।

राजस्थानसंगको खेल रद्द भएसंगै बैंगलोर प्रतियोगिताबाट बाहिरिएको छ । बैंगलोर यस सिजनको आईपीएलबाट बाहिरिने पहिलो टोली बनेको छ । पुछारको बैंगलोरको १३ खेलबाट ९ अंक रहेको छ । राजस्थानको भने प्ले अफ सम्भावना कायम रहेको छ । राजस्थानले १३ खेलबाट ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...