YouTube Link

उदयपुरको हात्तीसुडेमा बोलेरो दुर्घटना चालकको घटना स्थलमै मृत्यु, ७ घाइते

Facebook Link

उदयपुर / उदयपुरको कटारी नगरपालिका १० हात्तीसुडेमामा शुक्रबार राति बोलेरो दुर्घटनामा परी चालकको घटना स्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । कटारीबाट चिपटार जाने क्रममा हात्तीसुडेमा ग.१ ज ४८८६ नम्बरको बोलेरो दुर्घटना हँुदा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।

बोलेरोमा सवार अन्य सात जना घाइते भएका छन । बोलेरो अनियन्त्रित भई रोडबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयुरले जनाएको छ । कटारी नगरपालिका १४ बस्ने बेग बहादुर भुजेलको दुवै खुट्टा भाचिएको छ । सोही नगरपालिका १० बस्ने मैती बि.क, उर्मिला बि.क, दिल बहादुर थापा (वडा सदस्य), मित बहादुर बानिया र सह–चालक रोशन खत्री घाइतेका छन् ।

उदयपुरगढीका रोसनी मगर घाइते भएको ईलाका प्रहरी कार्यलय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । घाइतेहरुको अहिले कटारी अस्पतालमा उपचार भैरहेको छ । घटना स्थल कटारी बजार देखी करिब २५ किलो मिटर उत्तर रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...