YouTube Link

प्रतिरोधि सामाग्रीको अभावले गर्दा ड्युटीमा खटिने प्रहरीमा कोरोना संक्रमण बढ्दै, सुरक्षित भएर ड्युटीमा खटिन देशभर परिपत्र

Facebook Link

काठमाडौं: कोरोना संक्रमण प्रतिरोधि सामाग्रीको अभावले गर्दा ड्युटीमा खटिने प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको पाईएको छ ।

प्रहरी प्रधान कार्यालय र मातहतका कार्यालयहरुले पर्याप्त मात्रामा सुरक्षाका सामाग्री उपलब्ध नगराएका कारण ‘फिल्ड’मा खटिने प्रहरी संक्रमित बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै २३ जना प्रहरी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीमा कोरोना प्रतिरोधी सामाग्री नहुँदा बढी नै जोखिम बढेको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश नं १ को प्रहरी कार्यालयमा १९ जना संक्रमित भएका छन् । यो सँगै संक्रमित हुने प्रहरीको तथ्यांक १ सय १९ जना पुगेको छ ।

यसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ६ इन्स्पेक्टर, आठ सई, सात असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी संक्रमित भएका छन् ।

त्यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लकडाउन खुलेपछि सुरक्षामा खटिने प्रहरीलाई कोरोना संक्रमित हुने डर देखिएको छ । मास्क र पञ्जा सबै प्रहरीको लागि व्यवस्था गरिए पनि पीपीई भने अति जोखिममा बसेर काम गर्ने प्रहरीको लागि मात्रै दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले सुरक्षित रहेर काम गर्न निर्देशन दिइरहेका बेला काममा खटिने प्रहरी कर्मचारीले भने सबैतिर भौतिक दुरी कायम राखेर काम गर्न कठिन भएको छ ।

उनीहरुले सुरक्षा अपनाएरै भएपनि जोखिमपूर्ण अवस्थामा काम गर्नुपरेको गुनासो गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये दौडधूप र सर्वसाधारणसँग जोडिएर काम गर्ने प्रहरीहरु रहेका छन् ।

आइतबार संक्रमित भएका प्रहरीहरुको कन्ट्रयाक टेस्ट र शंका लागेकालाई पीसीआर गराउने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए ।

उनका अनुसार फ्रन्टलाईनमा काम गर्नेमध्ये सबैभन्दा बढी प्रहरी नै संक्रमित भएका छन् । संक्रमित मध्य सबैभन्दा बढी जवान प्रहरी रहेका छन् ।

‘अहिले जनजीवन पुरानै तरीकाले चल्न थालेको छ, प्रहरी पनि स्थानीयसँगै रहेर काम गर्नुपर्ने भएकाले बढी संक्रमित भएका हुन्,’ उनले भने ।

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी प्रदेश नम्बर २ मा कार्यरत प्रहरी कर्मचारी संक्रमित भएका छन् ।

उक्त क्षेत्रमा संक्रमित सर्वसाधारणको संख्या बढेको र भारतीय नाकाहरु नजिकै पर्ने प्रहरी कार्यालयहरुमा बढी जोखिम छ ।

प्रहरी कर्मचारीमा कोरोना संक्रमणको जोखिम बढेपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीलाई जोगिएर काम गर्न निर्देशन दिएको छ ।

प्रहरी पुरानै तरीकाले काममा सामेल भइरहेको बेला संक्रमण बढेको भन्दै प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...