दश करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
वि.सं.२०७७ साउन ११ आइतवार २३:४३
काठमाडौं: नेपाल राष्ट्र बैंकले सोमबार १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
वि.सं.२०७७ साउन ११ आइतवार २३:४३