नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, हालसम्म २० जनाको मृत्यु, एक हजारभन्दा बढी संक्रमण मुक्त
वि.सं.२०७७ असार ३ बुधवार २१:२२
1.2K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा एकै दिन थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ४६ जना पुरुष र ४० जना महिला गरी थप ५ सय ८६ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । जस मध्ये २० जनाले ज्यान गुमाएका छन् भने १ हजार १ सय ६७ जना निको भएर घर फिर्ता भएका छन् ।
बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिया महिलाको गत असार १ गते कोहोलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनलाई गत जेठ ३० गते मृगौला सम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । असार १ गते स्वाब संकलन गरे पनि स्वाबको रिपोर्ट आउनु पहिले नै उनको मृत्युपछि आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको जनाएको छ ।
वि.सं.२०७७ असार ३ बुधवार २१:२२




















