YouTube Link

‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने, वैकल्पिक विधिबाट पठन-पाठन

Facebook Link

काठमाडौं: मुलुकभर कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’का कारण दुई महिना रोकिएको शैक्षिक क्षेत्र असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक विधिबाट पठन–पाठन सुरु गराउन आह्वान गरेको छ ।

जसमा विद्यार्थीले अनलाइन, टीभी, रेडियोको माध्यमबाट पढ्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । उक्त निर्देशिकाले दुई महिना रोकिएको शैक्षिकसत्र सुरु गराउन दूर तथा खुला शिक्षा र वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गरिने जनाइएको छ ।

मन्त्रालयले निर्देशिका असार १ गतेबाट लागू गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकाय तथा सरोकारवालालाई आग्रह समेत गरेको छ । वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने सम्भव छैन । धेरै स्थानका बालबालिका रेडियो र टीभीको पहुँचबाट पनि बाहिर नै छन् ।

सबै क्षेत्रको पहुँचबाहिर रहेका विद्यार्थीहरुलाई ती स्थानका शिक्षकहरु परिचालन गरेर लकडाउनको मापदन्ड अनुसार निरीक्षण गरिने मन्त्रालयले जनाएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुर्‍याउने पनि मन्त्रालयले जनाएको छ । केही निजी विद्यायले लकडाउन सुरु भएदेखि नै अनलाइन कक्षा सञ्चालन गरिरहेपनि वैशाखदेखिको शुल्क लिने वा नलिने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...