YouTube Link

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, सात वटा घर र एघार वटा पसल जलेर नष्ट

World Cup 2026
Facebook Link

ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीबाट सात वटा घर जलेर नष्ट भएको छ । करिब राती १० बजेदेखि सुरु भएको आगलागीबाट सात वटा घरमा रहेका ११ वटा पसल जलेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए । दमकलबाट पटक-पटक पानी ओसारेर लगाइएको थियो । जस्तापाताका छाना भएको घरबाट सुरु भएको आगलागीले सात वटा घर ११ वटा पसल जलेको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ निरौलाले आगलागी पीडितहरुलाई राहत कसरी उपलब्ध गराउने भन्ने सन्दर्भ बिहान बैठकको आयोजना गरिएको छ । आगलागीबाट यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबै आगलागी हिउँद याममै भएका हुन् ।

प्रहरीको तथ्यांक अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरन्द्र चोकको आगलागीमा भएको थियो । त्यसबेला ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो । २०७३ चैत ९ मा तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले । ४१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र २०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा आठ करोड ५० लाख र टुक्रेमा पाँच करोड रुपैयाँ क्षति भएको उद्योग बाणिज्य संघले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...