सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुनः सञ्चालन

कोरोना महामारीका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा

Kumari Bank August 17 size 1200X100

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रको परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ ।

 

गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए ।

 

मन्त्रालयद्वारा भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ ट्रायलमा संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

 

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो ।

 

कोरोना महामारीका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका थिए । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड-२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।

 

नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्ड अनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

 

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य  सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डको प्रावधान छ ।

 

परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

 

यसैबीच नयाँ निर्देशिका अनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरेको हो ।

 

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार/चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ ।

 

त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

Salt Trading

Kumari Bank AD
Alice Education home sports
Umakunda Gaun Palika AD
ठुलो परिमाण सालकको खपटा बरामद

ठुलो परिमाण सालकको खपटा बरामद

वि.सं.२०७८ असोज १ शुक्रवार १९:२८

रामेछाप:  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ भैंसेश्वरबाट सुक्रबार...

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०७८ असोज १ शुक्रवार १२:५४

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा...

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो: आचार्य

वि.सं.२०७८ असोज १ शुक्रवार ११:३१

काठमाडौं: गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा आसन्न १०औं महाधिवेशनमा...

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपत्कालिन प्रयोगको अनुमति

मोडर्ना र फाइजर खोपलाई नेपालमा आपत्कालिन प्रयोगको अनुमति

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं: औषधि व्यवस्था विभागले कोरोना विरुद्धका मोडर्ना र फाइजर खोपलाई...

आइएमईले दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक

आइएमईले दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक

वि.सं.२०७८ भदौ ३१ बिहीवार १७:१८

काठमाडौं:  आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक...

गीतकार टेक तामाङको ‘नेपाल आमा’को म्यूजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गीतकार टेक तामाङको ‘नेपाल आमा’को म्यूजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:२१

काठमाडौं: गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’को म्यूजिक भिडियो...