YouTube Link

सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसदमा पेस हुँदै

Facebook Link

काठमाडौं: सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसदमा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन् । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे नीति कार्यक्रम पेस हुनेछ । वर्तमान सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम पेस गर्न लागेको हो । अघिल्लो वर्ष सङ्घीय संरचना अनुसार पहिलो पटक नीति तथा कार्यक्रम पेस भएको थियो । सरकारले नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर आर्थिक वर्ष २०७६/०७७ को बजेट संसदमा पेस गर्नेछ ।

वैशाख २४ गते नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले जवाफ दिनेगरी सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको छ । सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रिबजेट पेस हुनेछ । नीति तथा कार्यक्रममा जवाफ दिएर प्रधानमन्त्री केपी शर्मा ओली भने भियतनाम भ्रमणमा जाने कार्यसूची छ । वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म प्रधानमन्त्री भ्रमणमा रहनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...