YouTube Link

मन्थलीमा पहिलो कृषि उपज संकलन केन्द्र संचालनमा

Facebook Link

रामेछाप:  रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा कृषि उपज संकलन तथा विक्रि केन्द्र संचालनमा आएको छ । पौरखि युवा कृषि सहकारी संस्थाले मन्थली नगरपालीका र फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाको आर्थिक सहयोगमा आईतबार बाट उक्त केन्द संचालनमा आएको हो ।

उक्त केन्द्रको आईतबार मन्थली नगरपालीका प्रमुख रमेश कुमार बस्नेतले एक समारोहका विच उद्घाटन गर्नु भएको छ । जिल्ला समन्वय समिति नजिकै मन्थली नगरविकास समितिको ट्रष्टमा संचालनमा ल्याईएको उक्त केन्दको काम गराईका आधारमा थप ब्यबस्थापनका लागी नगरपालीकाले भोलीका दिनमा पनि थप सहयोग गर्ने प्रमुख बस्नेतले बताउनु भयो ।

उहाँले केन्द्रको संचालन संगै तरकारी तथा फलफुल ब्यवसायमा देखिएको विचौलीयाहरुको दबदबाबाट कृषकहरुले मुक्ती पाउने विश्वास ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो जिल्लामा अहिले सम्म कृषि तथा फलफूल संकलन केन्द्र संचालनमा आउन नसक्दा उत्पादक कृषकहरु समस्यामा परेकोले पनि त्यसको समाधानका लागि मन्थली नगरपालीका लागि रहने बताउनुभयो ।

कार्यक्रमको अध्यक्ष समेत रहेका संचालक संस्थाका अध्यक्ष सुन्दर घिमिरेले सदरमुकाम जस्तो मुख्य बजारमा अहिले सम्म तरकारी संकलन तथा कृषि उपज केन्दको अभावमा कृषकहरुले आफनो तरकारी सडकमा राखेर कौडिको मुल्यमा विक्रि गर्दे आएकोले मन्थलीमा केन्द्रको संचालन पछि उनिहरुको उत्पादनलाई विक्रिको लागि सहज बाताबरण बन्ने जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे लगायतले पनि वोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस् :

बुधबार प्रधानमन्त्री ओलीलाई खोप लगाउदै शुरु हुने भो कोरोनाबिरुद्धको खोप अभियान

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...