YouTube Link

सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आयो

Facebook Link

काठमाडौं:  सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएसंगै सेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको हो ।

तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई ‘टी प्लस टु’ भनिएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो । कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्यौट हुने सीडीएस लिमिटेडले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फछ्र्यौटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टै जारी गरि सक्नुपर्नेछ । अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै कारोबार सेटल गरिसक्नु पर्ने हुन्छ ।

यदि यो सम्भव भएन भने कारण खुलाएर ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित शेयरधनीलाई बुझाउनु पर्नेछ ।

छिटो राफसाप भए शेयर किनेको मान्छेलाई पुनः शेयर बिक्री गर्न पनि चाँडै पाउँछन् । पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको अवस्थामा ‘टी प्लस टु’ले बजारलाई राम्रो असर गर्ने देखिएको छ ।

लगानीकर्ताका लागि एक दिनको समय धेरै ठूलो हो । यसले महिनामा चार दिन थप गर्छ । चार दिनमा शेयर बजार कहाँ पुग्छ पुग् नि उनले भने । लगानीकर्ताको डिमाण्डमा सीडीएससीले यो व्यवस्था ल्याएको हो, सीईओ आचार्यले भने लगानीकर्ताको हितमा ल्याइएको र उनीहरूलाई यसले थप जिम्मेवार पनि बनाएको छ ।

यो पनि पढ्नुहोस् :

सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...