YouTube Link

सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आयो

Facebook Link

काठमाडौं:  सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएसंगै सेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको हो ।

तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई ‘टी प्लस टु’ भनिएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो । कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्यौट हुने सीडीएस लिमिटेडले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फछ्र्यौटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टै जारी गरि सक्नुपर्नेछ । अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै कारोबार सेटल गरिसक्नु पर्ने हुन्छ ।

यदि यो सम्भव भएन भने कारण खुलाएर ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित शेयरधनीलाई बुझाउनु पर्नेछ ।

छिटो राफसाप भए शेयर किनेको मान्छेलाई पुनः शेयर बिक्री गर्न पनि चाँडै पाउँछन् । पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको अवस्थामा ‘टी प्लस टु’ले बजारलाई राम्रो असर गर्ने देखिएको छ ।

लगानीकर्ताका लागि एक दिनको समय धेरै ठूलो हो । यसले महिनामा चार दिन थप गर्छ । चार दिनमा शेयर बजार कहाँ पुग्छ पुग् नि उनले भने । लगानीकर्ताको डिमाण्डमा सीडीएससीले यो व्यवस्था ल्याएको हो, सीईओ आचार्यले भने लगानीकर्ताको हितमा ल्याइएको र उनीहरूलाई यसले थप जिम्मेवार पनि बनाएको छ ।

यो पनि पढ्नुहोस् :

सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...