YouTube Link

“महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपाल” नारा सहित चितवन महिला चेम्बर गठन

Khanepani Dhal
Facebook Link

चितवन: चितवनमा महिला चेम्बरको गठन भएको छ । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए ।

महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उद्यमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ति महिलामा उद्यमशिताको विकास गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्दै भरतपुर महानगर क्षेत्रभित्र महिला उद्यमशिलता विकास सम्बन्धी शिप विकास कार्यक्रमले ब्यापकता पाउदै गईरहेको बताईन ।

कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घ कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै चितवन जिल्लामा ब्यापार ब्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ति चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार एबम निलम ताम्राकार, उपाध्यक्षद्वय सुश्मा शर्मा एबम अम्बिका शर्मा, सचिब लिमा अधिकारी, कार्यकारीणी सदस्यहरु सुश्मा श्रेष्ठ, रन्जु तन्डुकार, जानकी प्रधान, राज्य लक्ष्मी सिंह, सुश्मा आचार्य र शाखा अधिक्रित श्रीस्टि त्रिपाठी समेतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष भवानी पंडित, महासचिवमा सिता सापकोटा, सचिवमा निरु कार्की, सह-सचिवमा मुना पाण्डे, कोषाध्यक्षमा पिंकी लामा र सदस्यहरुमा शर्मिला हमाल, छाया श्रेष्ठ, अन्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मन्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा. जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
यातायात बन्दले सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई काईदा

यातायात बन्दले सर्वसाधारण मर्कामा, राइड सेयरिङलाई काईदा

वि.सं.२०८२ जेठ २० मंगलवार १२:२९

काठमाडौं: यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज...

‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गर्दै देशभरका सार्वजनिक यातायात ठप्प, काममा हिँडेका सर्वसाधारण अलपत्र

‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गर्दै देशभरका सार्वजनिक यातायात ठप्प, काममा हिँडेका सर्वसाधारण अलपत्र

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:५६

काठमाडौं: राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात...

राजावादीहरूको आन्दोलन आज पनि…

राजावादीहरूको आन्दोलन आज पनि…

वि.सं.२०८२ जेठ १६ शुक्रवार ११:०६

काठमाडौं: राजावादीहरूले आज आन्दोलनलाई निरन्तरता दिने भएका छन् । पूर्वपञ्च...

भोलि टुँडिखेल र संसद भवनमा उच्च निगरानी

भोलि टुँडिखेल र संसद भवनमा उच्च निगरानी

वि.सं.२०८२ जेठ १४ बुधवार १५:४८

काठमाडौं: २०६५ सालदेखि वर्षेनी मनाइँदै आएको गणतन्त्र दिवस भोलि जेठ...

सडक दुर्घटनामा परि ३ जनाको मृत्यु, ४ जना घाइते

सडक दुर्घटनामा परि ३ जनाको मृत्यु, ४ जना घाइते

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:१८

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका-३ मा सडक दुर्घटना हुँदा ३ जनाको...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...