YouTube Link

“महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपाल” नारा सहित चितवन महिला चेम्बर गठन

Facebook Link

चितवन: चितवनमा महिला चेम्बरको गठन भएको छ । कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उधमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताए ।

महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उद्यमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरण र सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल पार्न लागि पर्ने आशा ब्यक्त गर्दै हरेक क्षेत्रमा महिलाको सहभागिताबाट नै देश विकास हुने धारणा राखिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले महिला सशक्तिकरणका निम्ति महिलामा उद्यमशिताको विकास गर्न आवश्यक रहेको धारणा ब्यक्त गर्दै भरतपुर महानगर क्षेत्रभित्र महिला उद्यमशिलता विकास सम्बन्धी शिप विकास कार्यक्रमले ब्यापकता पाउदै गईरहेको बताईन ।

कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घ कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै चितवन जिल्लामा ब्यापार ब्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ति चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार एबम निलम ताम्राकार, उपाध्यक्षद्वय सुश्मा शर्मा एबम अम्बिका शर्मा, सचिब लिमा अधिकारी, कार्यकारीणी सदस्यहरु सुश्मा श्रेष्ठ, रन्जु तन्डुकार, जानकी प्रधान, राज्य लक्ष्मी सिंह, सुश्मा आचार्य र शाखा अधिक्रित श्रीस्टि त्रिपाठी समेतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन गरेको छ । नवगठित समितिको उपाध्यक्ष भवानी पंडित, महासचिवमा सिता सापकोटा, सचिवमा निरु कार्की, सह-सचिवमा मुना पाण्डे, कोषाध्यक्षमा पिंकी लामा र सदस्यहरुमा शर्मिला हमाल, छाया श्रेष्ठ, अन्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मन्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा. जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...