YouTube Link

धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिर

Facebook Link

काठमाडौं:  दुप्चेश्वर महादेव मन्दिर पौराणिक कथा अनुसार परापूर्व कालमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका अन्तर्गत पर्ने करेजुङ्ग बस्ने वासु तामाङ(वासे)को गोगन चौरमा रहेको गाईहरू गोठबाट हराएछन । बासुले आसपासका सबै जंगलमा खोज्दापनि गाईहरू भेटिएनन र थकित भएर गोठमा आएर सुते। राति सपनामा जोगीले निज बासु तामाङलाई तिम्रा गाई हराएका छैनन यही पहरामा छन भनेर मन्दिर भएको पहरो देखाइ दिए ।

भोलिपल्ट त्यस ठाउँमागएर हेर्दा लहराले छोपिएको विकट ढुङ्गे पहराको शिलाखण्डमा रहेको अर्घौतो आकारको शीवलिङ्गमाथि चारै वटा थुनबाट दुध झारिरहेको अवस्थामा गाईहरू भेटिएछन । यस्तो विकट पहरामा गाईहरू गएर दुध चढाएको घटना देखेपछि त्यस अर्घौतो आकारको शीवलिङ्गलाई दुप्चेश्वर नामाकरण गरी पुजा आजा गरी बार्षिक रुपमा मेला चलाउने गरिएको हो ।

यही मन्दिरको नामबाट ७ वटा वडाहरु मिलाएर दुप्चेश्वर गाउँपालिका घोषणा गरिएको छ । मन्दिर हालको वडा नं ६ मा पर्दछ । दुप्चेश्वर गाँउपालिका पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको छ । गोसाइकुन्ड जाने पदमार्ग यहि गाउँपालिकामा पर्दछ ।

दुप्चेश्वर महादेव मन्दिरमा हरेक वर्ष पुष महिनामा पर्ने धान्य पूर्णिमाका अवसरमा साताव्यापी मेला सञ्चालन गरिन्छ ।  यस बाहेक शिवरात्री, साउन महिना तथा हरेक सोमवार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यस अवधिमा  देशभरबाट भक्तजनहरू दर्शन गर्न आउने गर्दछन ।

दुप्चेश्वर महादेवको दर्शन गर्नाले मनले चिताएको पुग्ने, सन्तान प्राप्ती हुने, लामो समयसम्म बोली नफुटेका बालवच्चाको बोली फुट्ने विश्वासमा मानिसहरू भाकल गर्ने र भाकल पुरा भएपछि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।महादेवको दर्शन पश्चात दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वासका साथ निसन्तान दम्पतिको भीड लाग्ने गरेको पाइन्छ .

मन्दिरमा गल्छी त्रिशुली सडकखण्ड अन्तर्गत पर्ने गङ्गटेबाट ढिकुरे, खरानीटार, सातविसे, रामति हुँदै पुग्न सकिन्छ । यसबाहेक काठमाण्डौबाट टोखा छहरे, चौघडा, खरानीटार सातविसे, रामति हुँदै पुग्न सकिन्छ । रामतिबाट मन्दिरमा जानको लागि झोलुङ्गे पुल निर्माण गरिएको छ । वर्षायाम बाहेकका समयमा काठमाण्डौदेखि शिखरबेसीसम्म बस तथा जीप सेवा सञ्चालनमा आउने गर्दछ । ताँदी नदीबाट बनाईएको घुमाउरो छिडी हुँदै पालैपालो भक्तजनहरु पूजा र दर्शनका लागी उक्लने गर्दछन ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19557/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...