YouTube Link

अवैध लागूऔषध र पाँच थान मोटरसाइकल सहित पक्राउ

Facebook Link

काठमाडौं:  मोरङ, उर्लाबारी नगरपालिका – ७ बाट ४ ग्राम ७ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध गाँजा र ५ थान मोटरसाइकल सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका – ७  स्कुलडाँडा बस्ने २१ वर्षीया ममता तामाङ,  सोही नगरपालिका – ७ बरगाछी  बस्ने २४ वर्षीय  मिलन याक्सो, सोही नगरपालिका – ९ भोटेपुल  बस्ने २८ वर्षीय  आकास लिम्वु, सोही नगरपालिका – ७ बरगाछी टोल बस्ने १९ वर्षीय असिम लिम्बु, झापा दमक नगरपालिका – ७ बजार लाईन बस्ने १९ वर्षीय ससिन सेख, सोही नगरपालिका – ४  सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका -८ ईटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्वु), सोही नगरपालिका – १० सातमेडी बस्ने १९ वर्षीय एन्जील मगर र रतुवामाई नगरपालिका -९ ईटहरा बस्ने २५ वर्षीय  मन्जील बस्नेत रहेका छन् ।

लागूऔषध विक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै सिरहा, वरियारपट्टी गाउँपालिका – १ वडहरीबाट ३ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका – ५ जिझौल बस्ने २७ वर्षीय पृथ्बी नारायण यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् :https://www.akhabarnepal.com/2020/11/19236/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...